शनिबार, बैशाख १५, २०८१

कानुनी शासनको पालनामा कसैसँग कुनै सम्झौता नगर्न सुरक्षा निकायका प्रमुखलाई गृहमन्त्री निधिको निर्देशन

काठमाडौ फागुन ३.  उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले अपराध नियन्त्रण तथा शान्ति–सुरक्षा कायम गर्न र कानुनी शासनको पालनामा कसैसँग कुनै Capture dसम्झौता नगरी दृढतापूर्वक काम गर्न सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन् ।

आज दिउँसो आफ्नै कार्यकक्षमा गृहसचिव लोकदर्शन रेग्मी सहित सुरक्षा निकायका प्रमुख क्रमस नेपाल प्रहरीका निमित्त महानिरीक्षक डा दिनेशचन्द्र पोखरेल र सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठलाई सुन तस्करी, लागुऔषध एवं सामाजिक र आर्थिक अपराध नियन्त्रणमा कडाइ गर्न र सीमा सुरक्षा र आन्तरिक सुरक्षा चुनौतीलाई ध्यानमा राखेर काम गर्न यस्तो निर्देशन दिनुभएको हो ।