शनिबार, बैशाख ८, २०८१

अनशनकारीको माग सम्बोधन गर्न नयाँ शक्तिको आग्रह

काठमाडौ फागुन ३, नयाँ शक्ति नेपालले बृहत्तर जनकपुर क्षेत्रको विकासका लागि विभिन्न माग राखी विगत १३ दिनदेखि अनशन बस्दै आएका  रामकुमार Captureशर्मा तथा कलामुद्दिन राइनलगायतको स्वास्थ्य अवस्था अत्यन्त नाजुक भएको अवस्थाप्रति पार्टीको गम्भीर ध्यानकर्षण भएको जनाएको छ ।

सो पार्टीका प्रवक्ता खिमलाल देवकोटाले आज साँझ जारी विज्ञप्तिमा अनशनमा बस्नु भएकाको माग तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउँदै प्रवक्ता देवकोटाले माग सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्डको समेत ध्यानकर्षण गराइएको उल्लेख गर्दै वार्ता र संवाद मार्फत जायज मागको सम्बोधन गर्नसमेत आग्रह गरेको छ