शुक्रबार, बैशाख १४, २०८१

आज विधिवत स्वस्थानीको व्रत साङ्गे गरिदै

IMG_2527sjh_roadphotography_madhav-narayan-sali-nadi-sakhu-panauti_2071

काठमाडौ माघ २८,   गत पौष शुल्क पूर्णिमादेखि सुरुभएको श्रीस्वस्थानी परमेश्वरीको व्रतकथाको आज मंगलबारबाट साङ्गे हुँदैछ । एक महिनासम्म बसिने यो व्रत विशेषगरी पौराणिक धर्मग्रन्थ स्कन्द पुराणमा आधारित छ । सत्ययुगमा भगवान् विष्णुको सल्लाहअनुसार हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउँ भनी बालुवाको शिवलिंग बनाई Anup_20170210_7निराहार व्रत बसेर तपस्या गरी मनोकांक्षा पूरा भएको कुरा स्वस्थानी कथासँग जोडिएको छ । हिन्दू धर्मावलम्बी समूदायकावीच बीच विशिष्ट महत्व राख्ने यो व्रत बस्नाले मनले चिताएको मनोकाक्षा पूरा हुने विश्वासका साथ एक महिना अवधिसम्म बस्ने गरिन्छ ।

त्यस्तै गरि आजको दिन स्वस्थानी परमेश्वरीको व्रतकथामा उल्लेख भएको अनुरुप व्रतालुहरूले स्वस्थानी परमेश्वरीलाई अक्षत रोटी, अक्षता, बेली पुष्प, यज्ञसूत्र, कुटो सुपारी, पान, धूप, दीप, नैवेद्य, कस्तुरीलगायतका सामग्रीका साथै विभिन्न फलफूल प्रत्येक १०८ संख्यामा परमेश्वरीलाई चढाउने गरिन्छ । स्वस्थानी परमेश्वरीको शिलामूर्ति राजधाीको मखनटोलस्थित तारिणी बहालभित्र छ । शिवसहितको उक्त मूर्ति तत्कालीन कान्तिपुरका राजा प्रताप मल्लले नेपालसम्वत ७९४ मा स्थापना गरेका थिए ।

यसैवीच स्थानीय साँखुस्थित शालीनदीमा विभिन्न जिल्लाबाट आएका भक्तजनले माघ महिनाका स्वामी नामले चिनिने माधवनारायणको जलप्रसाद ग्रहण गरी गत पौष Anup_20170210_8शुक्ल पूर्णिमादेखि व्रत शुभारम्भ गरेका थिए । यस वर्ष एक सय ७७ महिला र १५ पुरुषले माधवनारायण एवम् स्वस्थानीको व्रत लिएको माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले जनाएको छ । शालीनदीका व्रतालुले सबै विधि पूरा गरी आज बेलुकी अश्वमेध यज्ञ गरी माधवनारायण स्वस्थानी मेला समापन गरेकोसमितिले जनाएको छ ।