शुक्रबार, चैत्र १६, २०८०

मुलुकको पर्यटन प्रवद्धनको क्षेत्रमा ठमेलको भूमिका महत्वपूर्ण : पूर्व उपप्रम सिंह

समिर गुरुङ्गको अध्यक्षतामा १५ सदस्य निर्विरोध  निर्वाचित

अनुप प्रधान /काठमाडौं माघ २६,  पूर्व उप प्रधानमन्त्री प्रकाशमान सिंहले राजधानीको महत्वपूर्ण क्षेत्र ठमेलले मुलुकको पर्यटन प्रवद्धनको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै Anup_20170208_1 Anup_20170208_5 Anup_20170208_7 Anup_20170208_8 Anup_20170208_9 Anup_20170208_10 Anup_20170208_11आइरहेको बताउँनु भएको छ ।  ठमेल पर्यटन विकास परिषद्को विषेश साधारण सभाको उद्घाटन गर्दै उहाँले यस्तो अभिव्यक्ति दिनु भएको हो । साथै उहाँले विकास परिषद्को सक्रियतामा हरसंभव प्रयास गर्दै ठमेल क्षेत्रलाइ लाई २४ घण्टा खुल्ला राख्न आवश्यक कार्ययोजना तय गर्नु पर्ने जिकिर गर्दै यस क्षेत्रको गरिमा राजधानीको प्रतिविम्व   भएको बताउँनु भएको छ ।

त्यस्तै कार्यक्रममा उद्घाटन सत्रलाइ सम्बोधन गर्दै नेपाल प्रहरीका एसएसपी छविलाल जोशीले ठमेललाई २४ घण्टा खुल्लानुको लागि आवश्कय शान्ति सुरक्षाको प्रबन्ध मिलाउँने  प्रतिवद्धता  व्यक्त गर्नु भएको थियो ।

यसैवीच परिषद्को विषेश साधारणसभाले समिर गुरुङ्गको अध्यक्षतामा १५ सदस्य निर्विरोध  निर्वाचित गरेको छ । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षत्रयमा क्रमस प्रकाश नरसिंह राणा, राजु मान डंगोल, र गीता गुरुङ्ग रहनु भएको छ भने महासचिव , सचिब, कोषाध्यक्ष र कार्यसमिति सदस्यहरुमा क्रमस भविश्वर शर्मा, दावाङ्ग तामाङ्ग, नारायण खनाल,  गोपाल गुरुङ्ग, राजेन्द्र बहादुर दुलाल, टासी गुरुङ्ग, अनिल गरुङ्ग, रत्न प्रसाद दुलाल, राम चन्द्र गिरी, पुण्य राम लगेजु, किरण गुरुङ्ग रहनु भएको छ ।