शुक्रबार, बैशाख १४, २०८१

लोकमानलाइ कालोमोसो दल्ने शाही र बुढालाई १ महिने कैदको आदेश

काठमाडौ पौष २५,  सर्वोच्च अदालतबाट आइतवार नियुक्ति नै बदर गरेका अख्तियार दुरूपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाइ यसअघि अर्थात पौष ७ गते मुद्दाको तारेख लिने क्रममा कालोमोसो दलेको अभियोगमा पक्राउ गरिएका प्रकाश शाही र चन्द्रबहादुर बुढालाई अदालतले suprim_cote-1जनही एक महिना कैदको आदेश जारी गरेको छ ।
न्यायाधीशद्दय डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संयुक्त इजलासले आज यस्तो आदेश जारी गरेको हो ।  अदालतद्दारा जारी आदेशमा न्यायलयको कार्यसम्पादनमा अवरोध पु¥याउने कार्य कसैले पनि गर्नु नहुँने जिकिर सहित निजहरुलाई थुनामा राखेकै मितिबाट कैद कट्टा हुने गरी कैदी पूर्जी दिई कैदमा राख्न जिल्ला कारागार कार्यालय काठमाडौँमा पठाइदिने भनिएको छ ।