शनिबार, बैशाख ८, २०८१

महानगरद्दारा ५ अर्ब ३७ करोड १८ लाख ९८ हजार रुपैयाँको बजेट प्रस्तुत्

काठमाडौ पौष २५, काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७४/०७५ का लागि ५ अर्ब ३७ करोड १८ लाख ९८ हजार रुपैयाँको बजेट प्रस्तुत् गरेको छ ।
dsc_0246 14708170_272129303184530_1378240217927835731_n1आज राजधानीमा आयोजित एक कार्यक्रम मार्फत महानगरले   २९औं महानगर   परिषदबाट    पारित नीति तथा कार्यक्रम सहितको उक्त बजेट सार्वजनिक गर्न आयोजित कार्यक्रमलाइ सम्बोधन गर्दै सघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले स्थानीय निकायको निवार्चन हुन नसक्दा काममा बाधा सिर्जना हुँदै आएको जनाउ दिनु भएको छ ।

त्यस्तै बजेट वक्तव्य सार्वजनिक गर्दै कामपा प्रमुख रुद्रसिह तामाङले सम्पदा पुनःनिमार्ण तथा विकासका लागि ४१ करोड २६ लाख रुपैयाँ त्यस्तै सहरी पूर्वाधार विकास तथा सार्वजनिकस्थल निर्माणका लागि १ अर्ब ६२ करोड ९८ लाख विनियोजन गरिएको जानकारी दिनु भएको छ । त्यस्तैगरि जनस्वास्थ्य तथा सामाजिक विकासमा ११ करोड ८० लाख रुपैयाँ छुट्याइएको छ भने विपद् व्यवस्थापनको लागि ११ करोड ३१ लाख, सहरी हरियाली प्रवद्र्धनको लागि ८१ करोड रुपैयाँ रकम विनियोजन गरिएको जानकारी दिनु भएको छ ।

पूर्ण बजेट वक्तव्यको लागि यहाँ क्लिक गर्नुहोला ।