शनिबार, बैशाख १५, २०८१

पानी ट्यांकर संघको अध्यक्षमा तामाङ

कठमाडौैैं माघ ११,   नेपाल पानी ट्यांकर तथा स्रोत व्यवसायी संघको प्रारम्भिक साधारणसभा आज काठमाडौंमा सम्पन्न भएको छ । काठमाडौं उपत्यकामा पानी ट्यांकर तथा स्रोत सञ्चालन गरीरहेका व्यवसायीहरु मिलेर संघको स्थापना गरिएको र यस संघले पानी ट्यांकर तथा स्रोत व्यवसायीहरुको हक, हित तथा Anup_20170123_3अधिकारका लागि कार्य गर्ने जनाएको छ ।
प्रारम्भिक साधारणसभाले तदर्थ समितिका अध्यक्ष पञ्चराम तामाङको नेतृत्वमा कार्यसमिति समृत चयन गरेको छ । यसरी चयन गरिएको कार्यसमितिको उपाध्यक्ष सचिव, सहसचिव र कोषाध्यक्ष र सहकोषाध्यक्षमा क्रमस विष्णुप्रसाद सापकोटा, विजयलाल डंगोल, राजेन्द्र खड्का उद्धव पौडेल र विनोद महर्जन रहेका छन । त्यस्तैगरि सदस्यहरुमा  जितेन्द्र महर्जन, शान्तप्रकाश खड्का र सुवास कार्की चयन गरिएको छ ।
कार्यक्रममा सिप्रदी टेडिङ प्रालिका प्रोडक्ट म्यानेजर ठाकुर प्रसाद पौडेलले सिप्रदी र टाटा मोटर्सले दिँदै आइरहेको सेवा सुविधाको बारेमा जानकारी गराउनुका साथै पानी ट्यांकर व्यवसायीहरुलाई सहयोग गर्न सिप्रदी सदा तत्पर रहने कुरा बताउनु भएको थियो ।