शनिबार, बैशाख ८, २०८१

पूर्व कुमारी ,गणेश र भैरवलाइ श्रीपद भत्ता वितरण

पूर्व कुमारीलाई एकमुष्ठ १ लाख २० हजार, पूर्व गणेश र भैरवलाई ९६ हजार प्रदान

काठमाडौं माघ ११,  काठमाडौं महानगरपालिकाले पूर्व गणेश, भैरव र कुमारीलाई मासिक भत्तावापतको श्रीपद भत्ता वितरण एकमुष्ठ रकमसहित आज एक कार्यक्रमकावीच महानगरका प्रमुख तथा कार्यकारी अधिकृत रुद्रसिंह तामाङ्ले उक्त भत्ता वितरण गर्नुभएको ।  आर्थिक वर्ष २०७०र७१ देखि कामपाले पूर्व Anup_20170124_4 Anup_20170124_5कुमारीहरुलाई मासिक दश हजार रुपैयाँका दरले एक बर्षको हुन आउने एकमुष्ठ एकलाख २० हजार र श्रीपद सम्मान प्रदान गर्न शुरु गरेको हो । त्यस्तै पूर्व गणेश र भैरवलाई मासिक ८ हजारको दरले एक वर्षमा एकमुष्ठ हुन आउने ९६ हजार रुपैयाँ सहित सम्मानित गर्दै आएको छ ।

त्यस अवसरमा श्री कुमारी, गणेश तथा भैरवहरुलाई भत्ता र सम्मान प्रदान गर्नु हुँदै प्रमुख तथा कार्यकारी अधिकृत तामाङ्ले खर्चमा मितव्ययिता अपनाउँदै सीमित श्रोतबाट सांस्कृतिक सम्पदाको उच्चतम सम्वद्र्धन र प्रवर्धन गर्ने बताउनुभएको थियो ।  त्यस्तै कार्यक्रममा हनुमान ढोका दरवार क्षेत्र संरक्षण कार्यक्रमका प्रमुख उदयबहादुर पसखलले जीवित देवीदेवता भएर रहिसक्नु भएका श्रीगणेश श्रीभैरव र श्रीकुमारीलाई सम्मान गर्नु महानगरको सम्पदाप्रतिको सम्मान भएको जनाउ दिनु भएको थियो ।

सम्मान कार्यक्रममा विसं १९९९ सालमा जीवित देवीका रुपमा प्रतिस्थापित हुनुभएकी नानीशोभा शाक्यदेखि यस अघि अर्थात् २०६५ सालसम्मका जीवित देवी कुमारीका रुपमा रहेकी प्रीति शाक्यसम्मका ४८ जना पूर्वकुमारीमध्ये ८ जना सम्मानित गरिएको थियो ।  यसरी सम्मानित हुनु हुने पूर्व कुमारीहरुमा नानीशोभा शाक्य, हर्षलक्ष्मी शाक्य, नानीमैया शाक्य, सुनिता शाक्य, अनिता शाक्य, रश्मिला शाक्य, अमिता शाक्य र प्रीति शाक्य हुनुहुन्छ । कार्यक्रममा अनुपस्थित नानीशोभा शाक्य र अनिता शाक्यको सम्मान उहाँका प्रतिनिधिहरुले ग्रहण गर्नुभएको थियो ।
अहिले मनिता शाक्य जीवित देवी कुमारीका रुपमा हुनुहुन्छ । त्यस्तै सम्मानित हुनुहुने पूर्व गणेशहरुमा गणेश शाक्य, पुरुषोत्तम शाक्य, कन्हैया शाक्य, सञ्जु शाक्य, प्रमन शाक्य र कपिलरत्न शाक्य हुनुहुन्छ । त्यस्तै पूर्व भैरवहरुमा इन्द्रबहादुर शाक्य, शुभरत्न शाक्य, दीपक शाक्य, बालपुरुषोत्तम शाक्य, श्याम शाक्य, भैरव शाक्य र राजु शाक्य हुनुहुन्छ ।