शुक्रबार, बैशाख १४, २०८१

संशोधन प्रस्ताव न स्थगन हुन्छ न फिर्ता : प्रक्रियागतरुपमा अघि लैजाने सरकारको तयारी

प्रतिपक्षीदलको विरोध केवल विरोधका लागि विरोध भएको निष्कर्ष 

काठमाडौ पौष ३ , व्यवस्थापिका संसदमा सरकारले दर्ता गरेको संविधान संशोधन दर्ता प्रस्तावको सवालमा शनिवार प्रमको सरकारी निवास वालुवाटारमा प्रम प्रचण्ड सहित सत्तारुढदल काग्रेस र मधेसी मोर्चाबीचको बैठकमा प्रमले मोर्चाले राखेको संशोधनमाथिको परिमार्जन सहित प्रस्ताव अगाडि बढाइने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

sambidhanत्यस्तै उहाँले एमाले लगायतका प्रतिपक्षीदलले विरोधका लागि विरोध गरेको कारण प्रस्ताव फिर्ता लिन वा तत्काललाइ स्थगन गर्न भनेको जस्तो कुनै सम्बोधन हुने संभावना नभएको निष्कर्ष सहित प्रस्ताव कुनै पनि हालतमा प्रक्रियागतरुपमा अगाढि बढ्ने तर छलफल प्रक्रियालाइ भने निरन्तरता दिइने जनाउ दिनु  भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै बैठकमा सहभागी मोर्चा सम्वद्ध नेता शरतसिंह भण्डारीले सरकारले ल्याएको संशोधन प्रस्तावलाई पारित गर्ने नैतिक जिम्मेवारी हुन्छ यदि प्रस्ताव चित्त बुझ्दो छैन भने संसदीय प्रक्रिया अन्र्तगत नै पारित हुन नदिन सक्नुपर्ने जिबिर गर्दै संसद अवरुद्ध गर्न नहुँने जिकिर गर्नु भएको उल्लेख गरिएको छ ।