बिहिबार, बैशाख १३, २०८१

महिलालाई फेसबुकमा मख्ख पारेर यसरी ठग्छन् ठगले

काठमाडौ पौष ३,       कमला (नाम परिवर्तन) लाई एउटा युवाको फेसबुकमा साथी बन्ने अनुरोध (फ्रेन्ड रिक्वेस्ट) आयो । कमलाले अनुरोध गर्ने युवाको विवरण हेरिन् । युवा युरोपमा बस्ने नेपाली रहेछन् । उनले साथी बन्ने अनुरोध स्वीकारिन् । कमला र ती युवा फेसबुकमा साथी भए ।  सरकारी सेवामा अधिकृत स्तरको जागिरे कमलासँग विस्तारै ती युवाको च्याट हुन थाल्यो । युवाको कुराकानी र प्रसंग चाखलाग्दा बन्दै गए । अविवाहित कमलालाई युवाको गफले मोहित बनाउँदै लग्यो । fb chatकेही महिनाको अन्तरालपछि च्याटमै कमला र ती युवाको मित्रता प्रेममा परिणत भयो । अब दृश्यसहितको संवादमा कहिले युवाले त कहिले कमलाले दायरा नाघ्दै गए । सामाजिक सञ्जालकै दृश्य संवादमा कमला र युवा दुबैले गोपनियता भन्ने केही बाँकी राखेनन् । तर, त्यही घनिष्टता अहिले कामलाका लागि जीवनकै ठूलो भुल साबित भएको छ । विवाहको मिति र समय पनि फेसबुकबाटै तय गरेका युवक अन्तर्राष्ट्रिय ठग भएको तथ्य सार्वजनिक भएपछि कमलाको दैनिकी तनावग्रस्त बन्यो ।

कमलाजस्तै काठमाडौंकी अर्की एक महिला फेसबुकमा साथी बनेका युवाले अमेरिकाबाट पठाएको २० लाख रूपैयाँको उपहार लिन आठ लाख खर्च गरेकी छन् । तर उपहार हात पर्न सकेको छैन । ती युवाले उनलाई सुरूमा साथी बनाएर उनको व्यक्तिगत र पारिवारिक जानकारी लिएका थिए । उनलाई सबैभन्दा आकर्षक बस्तुका विषयमा सोधेर सोही बस्तु खरिद गरेको भन्दै फोटो पठाएका थिए । उपहार पार्सल गरी पठाएको जानकारी दिएर बिदामा बसेका ती युवा उनले रकम पठाएको भोलिपल्टदेखि नै सामाजिक सञ्जालबाट हराए । उनलाई उपहार पठाउन लाग्ने भन्सार शुल्क भन्दै भारत र भैरहवाबाट फोन गरी रकम मागिएको थियो । केही लाख खर्च गरेर लाखौंको सामाग्री पाउने चाहनामा उनले आठ लाख गुमाएको अनुसन्धानमा खुलेको छ ।  केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) मा फेसबुकलाई माध्यम बनाएर ठगिएका आधा दर्जन उजुरी परेका छन् । ब्यूरोका अनुसार ठगिने सबै महिला छ । imagekhabar.com बाट