शनिबार, बैशाख १५, २०८१

संविधान संशोधन प्रस्ताव असफल बनाइन्छ : नेता भण्डारी

देश, लोकतन्त्र र जनता भन्दा कोहि ठूलो नभएको निष्कर्ष दिदै पार्टी समेत परित्याग गर्ने चेतावनी

काठमाडौं मार्ग २२,  नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सरकारले तयार पारेको चारबुँदे संविधान संशोधन प्रस्ताव असफल बनाउने जनाउ दिएका छन । आज captureनेता भण्डारीले नेपाली रेडियो नेटवर्कको नेपाली बहस कार्यक्रम संग कुरा गदै पार्टी छाड्ने तर त्यस विरुद्धको आन्दोलन नछाड्ने बताउनु भएको हो ।

कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीको क्रममा नेता भण्डारीले पहाड, हिमाल र तराई अलग गराउनेगरी आएको संविधान संशोधन प्रस्ताव कुनै हालतमा मान्य नहुने भन्दै जनभावना अनुरुपको निर्णयनै सर्वोपरि हुने बताए ।

साथै उहाँले आफ्नो प्रस्तुत अभिव्यक्तिका कारण पार्टीले कारावाही गरे भोग्न तयार रहेको जनाउ दिदै भने, यदी जनभावना विपरित कांग्रेसले यसमा कुनै कदम चाले देश, लोकतन्त्र र जनता भन्दा कोहि ठूलो नभएको निष्कर्ष दिदै पार्टी समेत परित्याग गर्ने चेतावनी समेत दिनु भएको छ ।