बुधबार, बैशाख १२, २०८१

समानता र विभेदरहित समाज निर्माणका लागि सरकार प्रतिवद्ध: मन्त्री पौडेल

captureकाठमाडौ मार्ग २२ ,हामीलाई समावेश गर’ भन्ने मुल नारासहित राजधानीमा मंगलवारबाट ३ दिने विश्व अपाङ्गता समावेशी सम्मेलन सुरु भएको छ । सम्मेलनको एक कार्यक्रमकावीच उद्घाटन गर्दै शिक्षामन्त्री धनीराम पौडेलल सरकार समानता र विभेदरहित समाज निर्माणका लागि प्रतिवद्ध रहेको जनाउ दिदै अपाङ्गता भएका बालबालिकाका लागि समानतामूलक समाज निर्माण गर्न सबै पक्षको त्यतिकै दायित्व रहेको बताउनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।
त्यस्तै सम्मेलनमा राष्ट्रसङ्घीय प्रतिनिधि, विभिन्न देशस्थित प्लान इन्टरनेसनलका प्रतिनिधि, प्राविधिक तथा अपाङ्गता भएका व्यक्तिका लागि क्रियाशील स्थानीय संस्थाका प्रतिनिधिसहित ४० देशबाट एक सय ३० जना सहभागी रहेको समाचारमा उल्लेख गरिएको छ ।