शुक्रबार, बैशाख १४, २०८१

वेनिशाको प्रेममा परेपछी….

काठमाडौ पौष ४,  आगामी पौष २९ गतेबाट प्रदर्शन आउन लागेको चलचित्र ‘किङ’ले प्रचार प्रसार तिव्र पारेको छ । यसको साथै यसै चलचित्रका नायक नायिकाहरु पनि पछिल्लो समय चलचित्रको प्रमोसनको लागि परेका छन् ।  हँसिया चलचित्रबाट रजतपटमा प्रवेश गरेका नायक अनुपविक्रम शाही यस चलचित्रका anup-bikram-shahiएक मुख्य पात्र हुन् । प्रायः चलचित्रमा एक्सनमा मात्र देखा पर्ने अनुप ‘किङ’मा केही फरक रहेको बताउँछन् ।

‘किङमा केही फरक भूमिकामा छु । अलि मुडि भूमिकामा देखा परेको छु । यस चलचित्रमा बेनिशासँग मेरो माया बसेको छ’, उनले भने, ‘एक्सन अवतारमा मात्र देखा पर्दा दर्शकले के भन्लान् ? ’  ‘मलाई लभ स्टोरी, रोनाधोनामा खासै चाख लाग्दैन । तर आफुलाई केही परिवर्तन देख्नु हुनेछ मेरा आगामी चलचित्रमा’, थपे नायक अनुपले ।सबिर श्रेष्ठको निर्देशन रहेको चलचित्र किङमा अनुपको साथै निखिल उप्रेती र बेनिशा हमालको मूख्य भूमिका रहेको छ ।