शनिबार, बैशाख १५, २०८१

नक्षत्र ७३ फेरि दर्शक माझ

काठमाडौ मार्ग २८ , लामो समयको अन्तराल पछि नक्षत्र ७३ ब्याण्ड आफ्नो नयाँ प्रस्तुति लिएर श्रोता तथा दर्शक माझ आउने भएको छ । ब्याण्डका भोकलिष्ट गोविन्द राईद्धारा लिखित मेरो माया बोलको गीतको म्युजिक भिडियो अहिले पोष्ट प्रडक्सनको क्रममा छ । नेपाली सांगीतिक क्षेत्रमा मौलिक पप फ्लेबरका गीतहरु पछिल्लो समय सिर्जना हुन छाडेको चर्चा भैरहेको समयमा गायक राईको मेरो माया बोलको गीत श्रोता तथा दर्शक माझ आउन लागेको हो । गीतको शब्द तथा संगीत संयोजन समेत गायक राईले नै गरेका छन् । रोहन नेपालीद्धारा निर्देशित भिडियोमा कलाकार सन्तोष तामाङ र मोडल मल्लिका चौलागाँई देखा पर्नेछन् । मिलन शंकरको छायाङ्कन रहेको भिडियो नयाँ वर्षमा रिलिज गर्ने तयारीमा रहेको  प्राप्त समाचारमा उल्लेख गरिएको  छ ।