शनिबार, बैशाख १५, २०८१

पत्रकारितामा महिला पत्रकारको अवस्थाबारे छलफल

काठमाडौं मार्ग ३० , प्रेस काउन्सिल नेपालको आयोजनामा राजधानीमा “सञ्चारमाध्यमले पालना गर्नुपर्ने महिलासम्वन्धी निर्देशिका तथा पत्रकारितामा महिलाको अवस्था र चुनौति” विषयक अन्तरक्रियाको आयोजना गरिएको छ । अन्तरक्रियामा प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णवहादुर कार्कीले मिडिया अझैं महिलामैत्री 1 2 img_3667 img_3684 img_3693 img_3696हुन नसकेको धारणा राख्नुहुँदै सामाजिक चेतनाको लागि सशक्तरुपमा कलम चलाउनुपर्ने र पत्रकारितामा महिलाको सम्मानजनक उपस्थिति हुनुपर्नेमा जोड दिनुभएको थियो ।

सञ्चारमाध्यमलाई बढी जिम्मेवार र जवाफदेही बनाई महिलाहिंसाको निराकरण गर्न सञ्चारमाध्यमले पालना गर्नुपर्ने महिलामैत्री पत्रकार आचारसंहिताको मस्यौदा प्रस्तुत गर्दै प्रेस काउन्सिल नेपालका सदस्य शुुभेच्छाविन्दु तुलाधरले गोपनियताको विषयलाई पेशासंग जोडेर समाचार बनाईनु नहुने भन्दै महिलाको मर्यादा, सामाजिक इज्जतमा आँच पुग्ने कार्यको निर्मूल गर्न आचारसंहिता जारी गर्न लागेको धारणा व्यक्त गर्नुभएको थियो ।

त्यस अवसरमा पत्रकारितामा महिला पत्रकारको अवस्था र चुनौति विषयक कार्यपत्र प्रस्तुत गर्दै मीरा राजभण्डारीले नेपाली पत्रकारितामा महिलाको उपस्थिति र सुरक्षा चुनौति जटिल बन्दै गएको बिचार व्यक्त गर्नुभएको थियो । प्रस्तुत कार्यपत्रमा प्रेस काउन्सिल नेपालका सदस्य गोविन्द चौंलागाई, गोरखापत्र दैनिकका प्रधान सम्पादक पुस्कर माथेमाका साथै अग्रज पत्रकार चक्रपाणी नेपाल, मानब अधिकार सञ्चार प्रतिष्ठानका अमृता लम्साल, पत्रकारहरु सुनिल महर्जन, प्रेम कुमारी घले, शंकर खनाल, राधा चालिसे र प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसालले टिप्पणी गर्नुभएको थियो भने कार्यक्रम संचालन सह प्रशासकीय अधिकृत दीपक खनालले गर्नुभएको थियो ।तस्विर एवम्  रिपोर्ट : महेन्द्रराज सिंह 

 पत्रकारितामा महिला पत्रकारको अवस्था र चुनौति विषयक कार्यपत्रको लागि यहाँ क्लिक गर्नुहोला