बिहिबार, बैशाख १३, २०८१

उदयपुर शाखा आफ्नै भवनमा

गाईघाट पौष १,  नेपाल पत्रकार महासङ्घको उदयपुर शाखाको नव निर्मित आफ्नै भवनको एक कार्यक्रमकाबीच नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष डा महेन्द्र बिष्टले बिहीबार  उद्घाटन गर्नुभएको छ । उद्घाटन सत्रमा न्यूनतम  पारिश्रमिक निर्धारण समितिका अध्यक्ष एवम महासंघका सल्लाहकार पोषण केसीको पनि उपस्थिती रहेको  थियो ।

जिविस उदयपुरले उपलब्ध गराएको जग्गामा महासं भवन निर्मण गरेको हो भवन निर्माणका लागि जिविस उदयपुरले रु सात लाख, त्रियुगा नगरपालिका गाईघाटले तीन लाख, उदयपुरका सांसद मञ्जुकुमारी चौधरीले तीन लाख, नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा नारायण खड्काले एक लाख र नेपाल सरकार सञ्चारमन्त्रालयसहित विभिन्न सामाजिक सङ्घसंस्थाको सहयोग रहेको प्राप्त समाचारमा उल्ल्ेख गरिएको छ । करिब रु १८ लाख ४८ हजारको लागतमा   महासङ्घको उदयपुर शाखाको भवन निर्माण गरिएको हो ।