शुक्रबार, चैत्र १६, २०८०

कीर्तिपुरको एतिहासिक विष्णुदेवीजात्रा सम्पन्न

img_4258sjh_bishnudevi-jatra img_4308sjh_bishnudevi-jatra img_4315sjh_bishnudevi-jatra img_4417sjh_bishnudevi-jatra img_4505sjh_bishnudevi-jatraकाठमाडौ मार्ग २५,  कीर्तिपुर नगरपालिकामा अन्र्तगतका गाउँभित्र रहेका मुख्य देवी अर्थात विष्णुदेवीलाई खटमा विराजमान गरी पूजा आजा तथा गाउँ परिक्रमा गराई स्थानीय जात्रा मनाउने प्रचलन अनुरुप त्यहाँका नेवारी समुदायले विहिवार कीर्तिपुर पाँगास्थित भाजँगालमा रहेको विष्णुदेवीको पूजाआजा गरी सात गाउँले जात्रा धुमधामका साथ मनाएका छन् ।

प्रस्तुत जात्राको सवालमा प्राप्त जानकारी अनुसार रत्न मल्लले कीर्तिपुरको दक्षिण भेगमा लुटपाट गर्न नसकून् भनेर गाउँलेहरु पालैपालो सुरक्षामा खटिन नेपाल संवत ६२१ मा पाँगामा बस्ती व्यवस्थित गरेको र त्यसको संरक्षणको लागि भाजँगालमा विष्णुदेवी स्थापना गरेको भन्ने इतिहास छ ।