बिहिबार, चैत्र १५, २०८०

सुन्दर सपना बिमोचित

काठमाडौं माघ ६,   गीतकार तथा शिक्षक सुन्दर पन्तद्वारा रचित सुन्दर सपनाू नामक गिती एल्बम बरिष्ठ गीतकार कृष्णहरी बरालबाट एक समारोह विच बिमोचन IMG_9587 copyगर्नुभएको छ । उक्त गिती एल्बममा चारओटा आधुनिक गीत , तीनओटा लोक पपगित र एउटा राष्ट्रिय गीत समाबेश गरिएको छ ।

सुन्दर सपना एल्बममा अन्जु पन्त, सन्तोष लामा, ताराबिर पाण्डे , टंक बुढाथोकी , सन्तोष रजौरे, पुष्पा गुरुङ, बिजय थापाको स्वर तथा कल्याण सिंह, सन्तोष लामा, सन्तोष रजौरे, टंक बुढाथोकी, तारबिर पाण्डेको संगीत रहेको छ । गीतमा दिनेश श्रेष्ठको संगीत सम्योजन रहेको छ ।

उक्त गिती एल्बममा समाबेश भएका गीत संगीतको बारेमा बरिष्ठ संगीतकार बुलु मुकारुङ्गले समिक्षात्मक टिप्पणी गर्नुभएको थियो । एल्बममा सङ्रहित सन्तोष लामाको आवाजमा रहेको गीत नागबेली चाल् तथा तारबिर पाण्डेको आवाजमा रहेको गीत मायाँ गर्नु पराईलाईको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको थियो । यस् एल्बमलाई आर्टिस्ट नेपालले बजारमा ल्याएको हो ।