शनिबार, बैशाख १५, २०८१

महामन्त्री कोइरालाले भने ५ नं प्रदेशलाइ विभाजन गर्नुहुँदैन

नवलपरासीलाई ५ नं प्रदेशमा राख्न माग

काठमाडौं मार्ग २१, नेपाली कांँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले ५ नं प्रदेशलाई पहाड र तराईमा छुट्याउन नहुने बताउनुभएको छ । महामन्त्री डा शशाङ्क captureकोइरालाले आज नवलपरासीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै स्थानीय पत्रकारसँग कुरा गर्ने क्रममा यस्तो अभिव्यक्ति दिनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।  त्यस्तै समाचारमा महामन्त्री कोइरालाले जनभावना विपरीत सीमाङ्कन परिवर्तन हुन नसक्ने भन्दै यदि संविधान संशोधन प्रस्तावमा दलबीचमा सहमति हुन सक्दैन भने प्रस्ताव फिर्ता लिनुपर्ने सुझाव समेत दिनु भएको उल्लेख गरिएको छ । त्यस्तै गरि उहाँले प्रस्तुत प्रसंगमा पार्टीभित्र बृहत् छलफल गरी बैठकबाट आधिकारिक धारणा सार्वजनिक गरिने समेत जनाउ दिनु भएको समाचारमा उल्लेख  गरिएको छ ।

यसैवीच थारु कल्याणकारी सभाले आज एक पत्रकार सम्मेलनको आयोजना गर्दै नवलपरासी जिल्ला पूरैलाई ५ नं प्रदेशमा राख्न माग आज गरेको छ । थारु कल्याणकारी सभा नवलपरासीका सभापति गणेशमान महतोर्ले ५ नं प्रदेश को विभाजन गर्नु भनेको थारु जातिको ऐतिहासिक गरिमा माथि घात सहितको गम्भीर षड्यन्त्र भएको पत्रकार सम्मेलनमा जिकिर गरेका छन ।  त्यस्तै नवलपरासीलाई टुक्र्याए सोका विरुद्ध सभाले विभिन्न राजनीतिक दललाई ज्ञापनपत्र बुझाउने, गाउँ जागरण अभियान सञ्चालन गर्ने, बुद्धिजीवी र नवलपुर क्षेत्रका सांसदसँग अन्तक्र्रिया गर्ने, सरकारी कार्यालय घेराउ गर्ने, पूर्वपश्चिम राजमार्गमा कोणसभा गर्नेलगायत विरोघका कार्यक्रम गर्ने समेत जानकारी दिएका छन ।