बिहिबार, बैशाख १३, २०८१

नेपाली मौलिक उत्पादनको अन्तराष्टिय बजारीकरणका लागि सम्झौता

काठमाडौं मार्ग २१ , नेपाली उत्पादनले गुणस्तरीय सामान उत्पादन गर्दा पनि अन्तर्राष्ट्रिय बजार पाउन नसकेको समस्यालाइ दृष्टिगत गर्दै अन्तर्राष्ट्रिय व्यापार तथा लगानी मञ्च (ओबीओआर) नेपालले सोमबार विभिन्न व्यवसायिक संघ÷संस्थासँग पारस्परिक लाभ तथा हितका लागि व्यापार र लगानी विस्तार सम्झौता गरेका छन ।  सोझेदारी पत्रमा ओविओर प्रतिनिधि वेन हू तथा ओविओआर नेपालका अध्यक्ष भाष्करराज राजकर्णिकार र ति संस्थाका प्रतिनिधिले हस्ताक्षर 01गरेको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।  साथै सम्झौतासँगै नेपाली उत्पादनको बजार विस्तार र विविधिकरणमा नयाँ आयाम थपिनुको अलावा नेपालका मौलिक उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पु-याउनुका साथ ति क्षेत्रमा लगानी भित्र्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।

यसअघि सीमित व्यवसायिले व्यक्तिगतरुपमा बजार विस्तारको अभ्यास गरिरहेका अवस्थामा संस्थागतरुपमा भएको यो  सम्झौताले नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउँदै निर्यात संभाब्य क्षेत्रमा लगानी भित्र्याउने कामको संस्थागत सुरुवात समेत गरेको मञ्च नेपालले जनाएको छ । मञ्चद्दारा जारी विज्ञप्तिमा स्थानीय साझेदारसँगको सहकार्यलाई बढवा दिँदै आर्थिक अभिबृद्धि योजना कार्यान्वयको अलावा नेपाली उद्योगी÷व्यवसायीका लागि अत्यन्तै महत्वपूर्ण मानिएको प्रस्तुत सम्झौतापछि साझेदार संस्थासँग ओबीओआरले ‘इन्टरनेशनल ट्रेड एन्ड इन्भेष्टमेन्ट प्लेटफर्म’ले वर्किङ एग्रिमेन्ट’ समेत गर्ने र यसबाट ओविओआर र विभिन्न व्यवसायिक संघ÷संस्थाबीच आर्थिक अभिबृद्धिका लागि साझेदारी गर्ने सैद्धान्तिक सहमति भएसँगै नेपाली उद्योगीलाई बजार खोज्न सहज हुने उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा चिया, कफी, गलौंचा, पस्मिना, हस्तकालजस्ता अधिक माग भएका उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पु-याउन ओविओआरले सहयोग गर्दा ति क्षेत्रमा लगानी भित्र्याउन पनि सहज हुने अपेक्षा छ । चीनको ‘वान बेल्ट वान रोड’ को अवधारणा कार्यान्वयन गर्न गठित ओविओआर नेपालको यो प्रयासले आफ्ना उत्पादनको प्रवद्र्धनमा उद्योगीलाई सहयोग पु-याउने र व्यापार विस्तार तथा विविधिकरण हुने दावी गरिएको छ । त्यस्तै योसंगै ओविओआर संस्कृति र पर्यटन, जलविद्युत र पूर्वाधार विकाससहित ठूला आयोजनामा लगानी भित्र्याउन र अन्तर्राष्ट्रिय व्यापार  लगानीलाई प्रमुख क्षेत्र बनाएर विशेष कार्यक्रमको प्रस्ताव गरिएको पनि जनाएको छ ।