आइतवार, बैशाख २३, २०८१

भेनेजुयलामा पनि ठुला मुल्यको नोटमाथि प्रतिबन्ध

एजेन्सी मार्ग २७, छिमेकी मुलुक भारतमा त्यहाँको रु एक हजार र पाँचसय को नोटमा प्रतिवब्ध लगाएको केहि समय पछि भेनेजुयलामा पनि ठूला मूल्यको नोटमाथि प्रतिबन्ध लगाइएको छ । भेनेजुएलाको सरकारले देशको सबैभन्दा उच्च मूल्यको बैंक नोटमाथि प्रतिबन्ध लगाउँदै प्रतिबन्धीत नोटलाइ सरकारले बैंक नोटलाई ७२ घण्टाभित्र सिक्कामा बदल्ने घोषणा गरेको समाचार एजेन्सीहरुले जनाएको छ ।

समाचार एजेन्सीका अनुसार सीमा क्षेत्रमा सक्रिय रहेको नोट माफियाका कारण नोटको मूल्य घट्नुको अलावा भेनेजुएलाको १ सय बोलिवरको बैंक नोटको मूल्यमा पछिल्लो केही वर्षदेखि गिरावट आए पछि सरकारले त्हाँके सरकारले यसकिसिमको कदम उठाएको समाचारमा उल्लेख गरिएको छ । अहिले एक सय बोलिवर बैंक नोटको मूल्य दुई अमेरिकी सेन्ट बराबर रहेको छ ।