शनिबार, बैशाख २२, २०८१

पुष्पाले जितिन सिएनएन सुपर हिरो अवार्ड (भिडियो सहित)

एजेन्सी मार्ग २७,  अमेरिकी टेलिभिजन सिएनएनले सिएनएन हिरो’ अवार्ड प्रदान गर्न थालेको एकदशक पुगेको अवसरमा पूर्व सिएनएन हिरो मध्येबाट मनोनयन सार्वजनिक गर्दै प्रदान गरिएको सिएनएन सुपर हिरो अवार्ड अवार्ड नेपालकी पुष्पा बस्नेतले जितेकी छन ।  सिएनएन सुपर हिरोका लागि नेपालकी बस्नेतसहित पाँच जना पूर्व सिएनएन हिरो मनोनयनमा परेका थिए । यसअघि अर्थात सन् २०१२ मा सिएनएनले बस्नेतलाई ‘सिएनएन हिरो’ अवार्ड प्रदान गरेको थियो ।

बस्नेतसँगै फिलिपिन्सका एफ्रेन पेनाफ्लोरिडा, अमेरिकाका चाड प्रेग्राके, अमेरिकाको लस एन्जल्सकी लिज म्याककारट्नी र इन्डोनेशियाकी रोबिन लिम सुपर हिरोको मनोनयनमा परेका थिए । सिएनएनले सोमबार विहान एक विशेष कार्यक्रमबीच बस्नेतलाई सुपर हिरो घोषित गरेको समाचार एजेन्सीहरुले जनाएको छ ।