शुक्रबार, बैशाख १४, २०८१

बरिष्ठ पत्रकार ढकालको निधन

बिर्तामोड मार्ग २४,  झापाका बरिष्ठ पत्रकार एवम् पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक मदन ढकालको ६५ बर्षको उमेरमा गएराति निधन भएको छ । मधुमेह र मृगौला रोगबाट पीडित ढकालको बिर्तामोडस्थित पूर्ण–टुंग बिर्तासिटी हस्पिटलमा उपचारकै क्रममा निधन भएको हो । एक बर्षअघिबाट मधुमेह र मृगौला रोगबाट 15317968_1277950825611989_1589166661809914728_nपीडित बनेका ढकाललाई गत बुधवार श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई अस्पताल लगिएको थियो । २००९ साल जेठ १९ गते आइतवार अनारमनी १मा जन्मिएका ढकाल झापाका सफल साहित्यकार एवम् उपन्यासकारका रुपमा समेत परिचित छन् ।

नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य समेत रहेका ढकाल अहिले पत्रकार महासंघका केन्द्रीय पार्षद रहेका छन् । ढकालले २०२४ सालमा शनिश्चरे माविको बार्षिक मुखपत्र उषा दोस्रो अर्चनाको सम्पादन सहयोगी भई अतिरिक्त कार्यकारी सम्पादक भएर पत्रकारिता शुरु गरेका थिए ।  ढकालका गरिमा(काठमाडौं), बाडुली (शिलगढी भारत), विवेचना, विश्वदीप, जुही, शिरविन्दु, ध्वनि, साहित्यिक लगायत काठमौंका समीक्षा, स्वतन्त्रता, जनस्वतन्त्रता, नयाँ सडक, नेपाली, राष्ट्र पुकार, सुरुचि, देशान्तर, नयाँ किरण, करेन्ट, हिमालय टाइम्स, नेपाल समाचारपत्र, स्पेशटाइम्स, तरुण आदि र झापका आलोक, युगज्ञान, विवेचना, सूर्योदय, जनध्वनि, पूर्वाञ्चल आदि पत्रपत्रिकामा कथा, कविता, समीक्षा, निबन्ध व्यङ्ग्य, समसामयिक राजनीतिक तथा समाजलेख रचना प्रकाशित रहेका छन् ।  स्व ढकालका बुबा परशुराम, श्रीमती सावित्रा ढकाल, एक छोरा र चार छोरी हुनुहुन्छ ।