बिहिबार, बैशाख १३, २०८१

महासंघद्दारा स्व.पत्रकार बोहोराकी पत्नीलार्इ सहयोग

काठमाडौं मार्ग २३, स्वर्गीय पत्रकार कर्ण बोहोराकी धर्मपत्नी ममता बोहोराको उपचारका लागि नेपाल पत्रकार महासंघले क्यानडामा रहुनु भएका सञ्चारविज्ञ hjभानुभक्त आचार्यको सक्रियतामा संकलन गरी थप १ लाख ६० हजार सहयोग रकम प्रदान गरेको छ ।  भेनस अस्पतालमा उपचाररत स्व. बोहोराकी धर्मपत्नी ममता बोहोरालाई आज महासंघका महासचिव उजिर मगर, सल्लाहकार पोषण केसी, कोषाध्यक्ष सूर्यमणि गौतम केन्द्रीय सदस्यद्वय प्रकाशविक्रम शाह र खगेन्द्र पन्तको उपस्थितिमा उक्त रकमको चेक हस्तान्तरण गरिएको हो ।

महासंघले पत्रकार कर्ण बोहोराको निधनपछि दुवै मृगौला फेल भई विगत ७ महिनादेखि उपचाररत उहाँकी धर्मपत्नी ममता बोहोराको उपचारमा आर्थिक सहयोग जुटाउन देश–विदेशमा ‘आर्थिक संकलन अभियान’ सञ्चालन गरिरहेको छ ।  आर्थिक सहयोग गर्न चाहने सह्दयी महानुभावहरूले नेपाल पत्रकार महासंघको नाममा रहेको कमलादीस्थित नेपाल बंगलादेश बैंक लि। को ००१०३६३५२ए खातामा सहयोग जम्मा गर्न पनि आव्हान गरेको छ ।