शुक्रबार, बैशाख १४, २०८१

प्रम प्रचण्ड र समाभुख घर्तीवीच भेटवार्ता,अवरुद्ध संसद सुचारु गर्ने वातावरण बनाउँन आग्रह

काठमाडौ मार्ग २५,व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्तावका कारण जारी अवरुद्धताको निकासका लागि हल गर्न सभामुख ओनसरी घर्तीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डसँग आग्रह गर्नुभएको छ ।

onsari-gharti-magar-final-358x296-406x300उहाँहरुवीच आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा सभामुख घर्तीले प्रम प्रचण्डलाइ संसदमा जारी अवरुद्धता खुलाउनका लागि वार्ता र संवादलाई जोड दिन आग्रह गर्नुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ । त्यसअवसरमा सभामुख घर्तीले प्रम प्रचण्डलाइ प्रस्तावित सवालमा काँग्रेसका सभापति शेरवहादर देउवा र एमाले अध्यक्ष केपीओली संगपनि छलफल भएको जानकारी गराउनुभएको थियो ।  त्यस्तै प्राप्त समाचारमा सभामुखको आग्रह पछि प्रधानमन्त्री प्रचण्डले त्यसका लागि सकारात्मक पहल भइरहेको र केही दिनभित्रै समाधान निस्कने विश्वास व्यक्त गर्नुभएको उल्लेख गरिएको छ ।