शुक्रबार, चैत्र १६, २०८०

नेपालको राष्ट्रवाद र भारत सरकार पुस्तकको लोकार्पित

ठुलादल देखि सानादलका नेतासम्मले भारतप्रति देखाउँदै आएको समर्पणवादका कारण नेपाल फिजी बन्ने संभावना

काठमाडौ मार्ग २४,  गोरखा एक्सप्रेस साप्ताहिकद्दारा प्रकाशित स्व अधिवक्ता गणेशबहादुर ढुंगानाको पुस्तक नेपालको राष्ट्रवाद र भारत सरकार आजpustak-bimochanimg_20161209_143737_4aobu2owonराजधानीमा एक कार्यक्रमकावीच लोकार्पण गरिएको छ । नेकपा मालेका महासचिव सिपी मैनाली,प्राध्यापक सुरेन्द्र केसी, जनमोर्चाका नेता साध्यबहादुर भण्डारी लगायतका व्यक्तित्वले सामुहिक रुपमा पस्तुत पुस्तकको लोकार्पण गर्नु भएको हो ।
त्यस्तै लोकार्पण कार्यक्रमलाइ सम्बोधन गर्दै मालेका महासचिव सिपी मैनालीले भारतले नेपालको सार्वभौमिकता माथि खास खास समयमा प्रहार गर्ने गरेको बताउँदै उहाँले ढुंगानाको किताबको निष्कर्ष मुलरुपमा नेपालमाथि भारतको थिचोमिचोकै वरिपरि रहेको जनाउँ दिनु भएको छ ।
त्यस्तै कार्यक्रममा जनमोर्चाका नेता साध्यबहादुर भण्डारी, राष्ट्रवादी नेता  दिर्घराज प्रसाइ प्राध्यापक सुरेन्द्र केसी लगायतले पनि पुस्तकको मार्मितामाथि प्रकाश पार्दै भारतले नेपालमाथि वेलावखत यो वा त्यो वहानामा गर्ने गरेको परोक्ष आक्रमण र मुलुकका ठुलादल देखि सानादलका नेतासम्मले भारतप्रति देखाउँदै आएको समर्पणवादका कारण नेपाल फिजी बन्ने संभावना लाइ प्रशय दिएको बताउँनु भएको  थियो ।