शुक्रबार, बैशाख १४, २०८१

नेपालको आवास नीति र सहरीकरणका सवालमा सदस्य राष्ट्रलाई जानकारी गराउँछु : मन्त्री केसी

काठमाडौ मार्ग २८,  मार्ग २९ देखि आगामी पौष १ गतेसम्म हुने एसिया प्रशान्त क्षेत्रका राष्ट्रहरूको सहरी विकास तथा आवाससम्बन्धी छैटौँ मन्त्रिस्तरीय सम्मेलनमा captureभाग लिन सहरी विकासमन्त्री अर्जुननरसिंह केसी आज नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ ।  भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न हुँने प्रस्तुत सम्मेलनमा मन्त्री केसीले लनमा नेपालको आवास नीति, सहरीकरणका अवस्था, समस्या, चुनौती र नेपालले अपनाएका रणनीतिबारे सदस्य राष्ट्रलाई जानकारी गराउँने आफ्नो तयारी रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै जानकारी दिनुभएको छ  ।

सम्मेलनमा सहरी विकास मन्त्रालयका सहसचिव शिवहरि शर्मा र बरिष्ठ समाजशास्त्री पोष्टराज ढुंगानाको पनि सहभागिता रहनेछ । सम्मेलनलाई मन्त्री केसीले मार्ग  २९ गते  सम्बोधन गर्ने कार्यक्रम  रहेको  छ । सम्मेलनले एशिया प्रशान्त क्षेत्रको सहरी विकास तथा आवास सम्बन्धी दिगो रणनीति सहित नयाँ दिल्ली घोषणा पत्र जारी गर्ने बताइएको छ