मङ्लबार, बैशाख ११, २०८१

न्यायाधीश र वकीलले मैत्रीपूर्ण फुटबल खेल्ने

काठमाडौ मार्ग २८, नेपाल बार एसोसिएसनको ६०औँ वार्षिकोत्सवका अवसरमा आगामी पौष १, २ र ७ गते न्यायाधीश र कानुन व्यवसायीबीच मैत्रीपूर्ण फुटबल downloadखेल हुने भएको छ ।

एसोसियसनद्वारा सोमवार आयोजित पत्रकार सम्मेलनमा बारका अध्यक्ष शेरबहादुर केसीले पत्रकार सम्मेलनमा न्यायाधीश र बारबीचको सम्बन्ध सुमधुर बनाउन मैत्रीपूर्ण फुटबल खेलको आयोजना गरिएको जानकारी दिनु भएको छ । ललितपुरस्थित एन्फा ग्राउन्ड सातदोबाटोमा हुने उक्त मैत्रीपूर्ण खेलमा न्यायाधीश समाज र काठमाडौँ उपत्यकामा रहेका सबै बारको सहभागिता रहने बताईको छ ।