शुक्रबार, चैत्र १६, २०८०

राप्रपाको साङगठनीक संरचनाको विस्तार

काठमाडौ मार्ग २८,  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा आज बसेको बैठकले पार्टीको सांगठनीक संरचनाको विस्तार गरेको छ ।

kamal thapaपार्टी एकिरकरण पछि दीपक बोहरा, राजीव पराजुली, बुद्धिमान तामाङ, निरञ्जन थापा, प्रतिभा राणा र हरिनारायण यादवलाइ उपाध्यक्षमा र टङ्क ढकाल, धु्रवबहादुर प्रधान, राजेन्द्र लिङ्देन, विक्रम पाण्डे, डा धवलशम्शेर जबरा र नरेन्द्र चौधरीलाइ महामन्त्रीमा चयन गरिएको छ ।

त्यस्तै गरि उद्धव पौडेल र नीलकण्ठ काफ्लेलाई कोषाध्यक्ष, प्रवक्तामा ठाकुरप्रसाद शर्मा र राजाराम श्रेष्ठ, सहायक प्रवक्ताहरु किरण गिरी, मोहन श्रेष्ठ, वसन्तमानसिंह अधिकारी र राजाराम बर्तौलालाई जिम्मेवारी दिइएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।