शनिबार, बैशाख १५, २०८१

चक्रलाई पिजि सर्टिफिकेट (ट्रेलर सहित)

काठमाडौ पौष १२ चलचित्र विकास वोर्डले शुक्रबार रिलिज हुने तयारीमा रहेको एक्सन प्रधान चलचित्र चक्रलाई पि. जि. सर्टिफिकेट (प्यारेन्टल गाइडेन्स captureसर्टिफिकेट) प्रदान गरेको छ । चलचित्रले सबैका लागि सार्वजनिक प्रदर्शनी गर्न पाए पनि १२ वर्ष मुनीका बालबालिकाले भने अभिभावकलाई साथमा लिएरमात्र चलचित्र हेर्न पाउने छन् । फिल्ममा रोहन श्रेष्ठ, संजय महर्जन, सिर्जना थापा तथा सुजु मगरले अभिनय गरेका छन् ।

दिप फिल्म प्रोडक्सनको सो फिल्मका गीतहरुमा दयाराम पाण्डेका शब्दहरु सुन्न सकिन्छ भने तारा प्रकाश लिम्बुले संगीत दिएका छन् ।   चलचित्रलाई रन्जिन राना मगरले निर्देशन गरेका छन् । जनक गुरुङको एक्सन रहेको सो फिल्म शुक्रबार अर्थात पुस १५ गते अल नेपाल रिलिज हुने भएको फिल्मका निर्माता पिएल श्रेष्ठले जानकारी दिए । फिल्म श्रावण २२ गते नै रिलिजको तयारी गरिए पनि लामो समय चलचित्र बिकास बोर्डबाट सेन्सर पास नभएकाले प्रदर्शनीमा ढिलाई भएको बताइएको छ