शनिबार, बैशाख ८, २०८१

यस्तो छ मेलिनाले मन पराको मान्छे

काठमाडौं माघ १३,  पछील्लो समयको चर्चाको शिखरमा रहेकी चर्चित गायिका मेलिना राईको मैले मन पराको मान्छेको म्युजिक भिडियो सार्वजनिक भएको छ । सर्बोत्कृष्ट संगीतकारको बिधामा बिभिन्न म्युजिक एवार्डमा मनोनित युवा संगीतकार डीआर अटुको संगीत रहेको गीतमा आगमन गुरुङको शब्द, धनु ग्यांमीको एरेञ्ज रहेको छ ।
त्यस्तै भिडियोमा मोडेल बिनोद न्यौपाने तथा सरला थापाले फिचरिङ्ग गरेका छन । भक्तपुरको बागमती क्लबमा छायांकन गरिएको यस् भिडियोमा रिजो सिंह ठकुरीको मेकप तथा हेयर, अमृत सुनुवारको छायाँकन र माधव बेल्बासेको सम्पादन रहेको छ । यस भिडियोलाई आर्टिस्टनेपाल डटकमका सम्पादक नव ढुङेलले निर्देशन गरेका हुन ।