काठमाडौं माघ ११, अस्ट्रेलियामा रहेर नेपाली सांगीतिक क्षेत्रमा सक्रिय रुपमा लागिरहेका गायक राज कुमार गोस्वामीको नयाँ गीत काँडाघारीु केहि समय अगाडी सार्बजनिक गरिएको थियो ।
भुषण दाहाल निर्देशित म्यूजीक भिडियोमा नायिका सृष्टि श्रेष्ठ, कमेडियन किशोर भण्डारी र संचारकर्मी राम पाण्डेलाई देख्न सकिन्छ । काँडाघारीु बोलको गीतमा किरण भण्डारीको शब्द ,संगीत तथा एरेन्ज रहेको छ । गीतमा गायक राज के। गोस्वामीलाई गायिका आस्था रावतले साथ दिएकि छिन् ।