बिहिबार, बैशाख १३, २०८१

सिन्की अचारको रिमेक भर्सनमा यसरी प्रस्तुत भईन सुप्रिया

काठमाडौं फागुन १४, नेपाली गीत संगीतका चर्चित गीतकार सुभाषचन्द्र ढुंगेलको शब्द, ख्यातिप्राप्त गायक तथा संगीतकार स्व। राम थापा तथा तारा थापाको आवाजमा रहेको ३ दशक भन्दा पुरानो र सर्वाधिक लोकप्रिय गीत सिन्की अचारको रिमिक्स भर्सन बजारमा आएको छ । बालबालिका देखी बृद्धबृद्धासम्म सबैले Captureरुचाएको गीतको रिमेकले थप चर्चामा ल्याएको छ । रिमेक भर्सन सिन्की अचार’ गीतमा बिनोदराज ढुंगेल तथा ईन्दिरा जोशीको आवाज रहेको छ । क्रियटिभ बिट्सले बजारमा ल्याएको बिनोदराज ढुंगेलको सुनकेबरा’ एल्बममा संग्रहहित यस् गीतबाट गायक धेरै आशाबादी रहेका छन । गीतमा शिव मुखिया तथा जनक सुनुवारको म्युजिक एरेन्ज रहेको गीतमा र्याप फिचरिङ्ग विश्व श्रेष्ठ तथा कल्पना श्रेष्ठको रहेको छ ।
टेलिभिजन  मिडियामा जमेका भिजे रिजन थापा र पछील्लो समयकी चर्चित म्युजिक भिडियो मोडेल सुप्रिया कटुवालको अभिनय रहेको गीतमा आर्टिस्ट नेपालबाट मोडेलिङ क्षेत्रमा जमिसकेका मोडेलहरु सन्ध्या स्याङ्तेन , साधना तिमल्सिना, जेनी शाही, सन्जित घिसिङ, अभिन राउत , कबिर खड्का, एरिक बस्नेत, अस्मिता जिरेल, आदित्य कार्कीले आ९ आफ्नो प्रस्तुती दिएका छन । भिडियोलाई सन्दिप भूजेलले क्रोरियोग्राफी गरेका छन ।
आर्टिस्ट नेपाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस म्युजिक भिडियोलाई संचारकर्मी तथा निर्देशक नव ढुंगेलले गरेका छन । ढुंगेल पछील्लो समयका रुचाईएका निर्देशक हुन । अमृत सुनुवारको छायाँकनमा माधव बेल्बासेले भिडियोलाई सम्पादन गरेका हुन । भिडियोमा पुरानो तथा नयाँ जेनेरसनमा हुने प्रेमलाई प्रस्तुत गराउन खोजिएको छ ।