शनिबार, बैशाख ८, २०८१

नरेन कुलुंगले भने- म तिमीलाइ माया गर्ने मान्छे बन्न पनि सक्दिन

काठमाडौं पौष ६, सुगम संगीतमा एउटा राम्रो आशा लाग्दो गीत भर्खरै सार्बजनिक भएको छ तिम्रो माया लाग्दैन भन्न पनि सक्दिन म, तिमीलाइ माया गर्ने मान्छे बन्न captureपनि सक्दिन म बोलको गीत अस्ट्रेलियामा बस्दै आइरहेका गायक नरेन कुलुंगको सुमधुर आवाजमा सजिएको छ भने शब्द निष्प्रभ सजी, संगीत भानुभक्त ढकालको रहेको छ ।

अस्ट्रेलियाबाट सांगीतिक यात्रा उड़ानू नामक एल्बममा छ जना गायक गायिका ईश्वर पोखरेल, समीर आचार्य, संजीब पराजुली, सुजाता उपाध्याय र मोक्ष्यदा सिलवाल रहेका छन भने, गीत निष्प्रभ सजी र प्रदीप चापागाईंले लेखेका छन । त्यस्तै संगीत भानुभक्त ढकाल, हेमन्त राना, राजनराज सिवाकोटी, कल्याण सिंह, अर्जुन पोखरेल, आनन्द राइ र न्यूह बज्राचार्यले दिएका छन ।

२०५७ सालको बाल गीत प्रतियोगिताबाट औपचारिक संगीत क्षेत्रमा प्रबेश गरेका गायक नरेन कुलुंगले हालसम्म सय भन्दा धेरै गीतहरुमा आफ्नो आवाज भरिसकेका छन । लामो समय पछि कुलुंगको बजारमा आएको गीतले स्रोताको मन जित्ने अपेक्षा गरिएको छ ।