शुक्रबार, बैशाख १४, २०८१

उजुरी दिन आयोगको आह्वान

काठमाडौ मार्ग १६ , मधेस आन्दोलनको क्रममा भएको हिंसा, हत्या, आगजनी, तोडफोडलगायत घटनाको सत्यतथ्य छानबिनका लागि सरकारद्दारा गठित उच्चस्तरीय जाँचबुझ आयोगले आजबाट राजधानीको विजुलीबजारमा कार्यालय स्थापना गरि कार्यारम्भ गरेको छ ।
कार्यारम्भ संगै आयोगले पीडित पक्ष, सरोकारवाला एवम् मानव अधिकारसँग सम्बन्धित दलसमेतबाट आजको मितिबाट ३० दिनभित्र आयोगको सचिवालयमा उपस्थित भई वा आफ्नो प्रतिनिधि पठाई सूचना एवम् उजुरी दर्ता गराउन आव्हान समेत गरेको छ । साथै आयोगको वेबसाइट धधध।जभिअ।नयख।लउ मा अनलाइनबाट समेत दर्ता गर्न सकिने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।