बिहिबार, बैशाख १३, २०८१

संशोधन विधेयकको विरोधमा राजधानी लगायत मोफसलमा बन्द र प्रदर्शन

काठमाडौ मार्ग १६ सरकारले संविधान संशोधन विधेयक व्यवस्थापिका–संसदमा दर्ता गरेको विरोधमा नेकपा एमालेको भ्रातृसंगठन अनेरास्ववियुले आज nepal_consitisuion_476584254राजधानीस्थित आरआर, त्रिचन्द्र, अमृत साइन्स, सरस्वती, पशुपतिलगायतका क्याम्पसअगाडि ।  विरोध प्रदर्शन गरेको छ ।  विद्यार्थीहरुको प्रदर्शनका कारण ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको थियो ।

यसैवीच संविधान संशोधन विधेयकमा सरकारले ५ नम्बर प्रदेशलाई ‘टुक्र्याउने’ गरी गरिएको प्रस्ताव व्यवस्थापिका–संसदमा दर्ता गरेसँगै विभिन्न जिल्लामा आन्दोलन चर्किएको छ । यसैक्रममा संशोधन प्रस्तावको विरोध गर्दै आजपनि पाल्पा बन्द आह्वान गरिएको छ । बन्दका कारण त्यहाँको जनजीवन पूर्णरुपमा प्रभावित भएको छ ।    यस्तैगरि सत्तारुरुढ दल कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चालगायतका दलको समर्थनमा अर्घाखाँची बन्द आह्वान गरिएको छ । त्यस्तै   अनेरास्ववीयुका विद्यार्थी तथा अखण्ड प्रदेश नं ५ दबाब अभियानलगायतको अगुवाइमा बुटवललगायत रुपन्देहीका विभिन्न ठाउँमा आज पनि बन्द तथा प्रदर्शन  गरिएको  थाहा भएको  छ