शनिबार, बैशाख १५, २०८१

अनेरास्ववियुले संशोधन प्रस्तावको विरुद्धको आन्दोलनलाई थप सशक्त बनाउने

काठमाडौ मार्ग २१, सरकारले व्यवस्थापिका संसदमा दर्ता गरेको सविधान संशोधन प्रस्तावको सडक देखि सदनसम्म विरोध गर्ने सवालमा यसअघि प्रमुख 20092016013331akhilप्रतिपक्षी दल नेकपा एमालेको उद्घोष अनुरुप प्रतिपक्षी दल निकटका विद्यार्थी सङ्गठनले संविधान संशोधन प्रस्तावको विरुद्धको आन्दोलनलाइ थप सशक्त बनाउने निर्णय गरेका छन् ।

आज प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भातृसंगठन अनेरास्ववियुको बैठकले संशोधन प्रस्ताव नेपाली जनताको चाहना विपरीत भएको भन्दै बैठकले आन्दोलनलाई सशक्त बनाउने निर्णय संगै आन्दोलनका थप कार्यक्रमको घोषणा गरेको समाचार प्राप्त भएको छ ।

बैठकद्दारा घोषित आन्दोलनका थप कार्यक्रम अन्र्तगत विधान संशोधन प्रस्ताव विरुद्ध प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बिहान प्रदर्शन गर्ने त्यस्तै गरि बिहीबार दिउँसो नयाँ बानेश्वरमा राष्ट्रियताको पक्षमा सडक कवितावाचन लगायतका कार्यक्रम रहेको उल्लेख गरिएको छ ।