बुधबार, बैशाख १९, २०८१

चैत्रको पहिलोसाता अखिल क्रान्तिकारीको २१ औँ राष्ट्रियसम्मेलन

akhil-krantikariकाठमाडौ मार्ग १, माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी) को गत कात्तिक २७ देखि २९ गतेसम्म काठमाडौँमा बसेको पदाधिकारीको बैठकले २१ औँ राष्ट्रिय सम्मेलन आगामी चैत ३ गतेदेखि ७ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरिएको छ ।

सम्वद्ध स्रोतका अनुसार २१ औँ राष्ट्रिय सम्मेलनले २ सय४३ केन्द्रीय कमिटी अन्र्तगत अध्यक्ष सहित ५ उपाध्यक्ष खुल्ला, समावेशी ४ उपाध्यक्ष र सात प्रदेशबाट सात, समावेशी छ, विश्वविद्यालयबाट एक, खुल्ला दुई र मनोनित तीनसहित १९ जना सचिव र एक जना कोषाध्यक्ष चुनिने जनाएको छ । त्यस्तै बैठकले केन्द्रीय कमिटीमा ३३ प्रतिशत महिला आरक्षण गर्नुको अलावा सबै कार्यसमिति मतदानबाट छान्ने निर्णय गरेको समेत गरेको छ ।

यसैगरी अनेरास्ववियु (क्रान्तिकारी) को बैठकले आगामी फागुन १४ गते हुने स्ववियु निर्वाचनको तयारी अन्र्तगत मार्ग ५ देखि पुस १५ गतेसम्म ‘क्रान्तिकारी विद्यार्थी जागरण अभियानको थालनी गर्ने निर्णय समेत गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।