बिहिबार, जेष्ठ ३, २०८१

काँग्रेस केन्द्रीय समितिमा लोकमानको पक्ष र विपक्षमा बहस, सोमबारसम्मका लागि बैठक स्थगित

काठमाडौ कात्तिक ६,  पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबारदेखि जारी बैठक नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबारसम्मका लागि स्थगित भएको छ । पार्टी केन्द्रीय congressकार्यालय सानेपामा शुक्रबार बसेको बैठकमा १७ जना सदस्यले आ–आफ्नो धारणा राखेपछि बैठक स्थगित भएको हो ।  शुक्रवारको बैठकमा व्यवस्थापिका संसदमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोगको समर्थन विरोधमा बहस चर्किएको प्राप्त समाचारमा उल्लेख गरिएको छ । बैठकमा मा बोल्ने अधिकांश सदस्यमध्य धेरैले महाअभियोगका पक्षमा पार्टी उभिनुपर्नेमा जोड दिएका छन् ।

शुक्रवारको बैठकमा केन्द्रीय सदस्यहरु प्रकाशमान सिंह, ज्ञानेन्द्रबहादुर कार्की, फरमूल्लाह मंसुर, मानबहादुर विश्वकर्मा, दिलेन्द्रप्रसाद बडू, एनपी साउद, डा शेखर कोइराला, आनन्दप्रसाद ढुङ्गाना, कमला पन्त, रत्न शेरचन, जीवन परियार, प्रदीप पौडेल, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कँडेल, रमेश लेखक र किरण यादवले लगायतले आआफ्नो धारणा राख्नुभएको थियो ।
देशको समसामयिक राजनीतिक विषयवस्तुमा केन्द्रित रहेको बैठक बिहीबारदेखि जारी छ । केन्द्रीय कार्यसमितिको बैठक कात्तिक ८ गते सोमबार बिहान आठ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्नेछ ।