मङ्लबार, जेष्ठ १, २०८१

क्यासिनो रोयलका सञ्चालक सिंहको आर्थिक प्रभावमा पर्दै विधुत प्राधिकरण ,अनाधिकृत रुपमा थ्रि फेजको् लाइन जोडने तयारी

श्रृखलावद्ध आर्थिकपराध गर्दै आएका रोयल क्यासिनोका सञ्चालक सुरेन्द्रबहादुर सिंहको आर्थिक अपराध सहितको दादागिरी कहिलेसम्म ? 

surendra singसरोकारवाला विभागीमन्त्री जनार्दन शर्माले सञ्चालक सिंहले पठाएको प्रस्ताव नजर अन्दाज गर्दै कुनै सुनवाइ नगरेपछि माओवादी नेता लेखराज भटट मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल मार्फत दवाद दिने लक्ष्य अनुरुप सहयोगी खनाल मार्फत कार्यकारी प्रमुख काफ्ले र विभागी प्रमुख भटटराइ सम्म सेटिङ मिलाउँदै विधुत लाइन जोड्ने योजना

Capture
(राज्यलाइ तिर्न बाँकी राज्श्वको वक्यौता )

काठमाडौं  भाद्र २०,  राजधानीको दरवार मार्ग स्थित होटल याक एण्ड यतिको परिसरमा गिल्ट इन्भेष्टमेन्ट प्रालि नामबाट सञ्चालित रोयल क्यासिनोका सुरेन्द्रबहादुर सिंहले राज्यका सरोकारवा तत्कालीन विभागिय मन्त्री , आनन्द पोखरेल लगायत उच्चपदस्थ कर्मचारीको संरक्षणमा एवम् विचौलियाको तजविजमा क्यासिनो सञ्चालन बापत राज्यलाइ बुझाउनु पर्ने करोडौँ रूपैयाँ नबुझाए पनि निर्वादरुपमा क्यासिनो सञ्चालन गर्दै मञ्चन गर्दै आएको अनेकन आर्थिक अपराधका घटना नसेलाउँदै रोयल क्यासिनोमा नयाँ घटनाको सूत्रपात भएको खुलासा भएको छ ।

त्यसो त धनगढी, नेपालगञ्ज, भैरहवालगायतका जिल्लामा समेत दर्जनौँ अवैध मिनी क्यासिनोहरू सञ्चानलन गर्दै राजश्व छली लगायतका श्रृखलावद्ध आर्थिक अपराध गर्दै आएका क्यासिनोका सञ्चालक सुरेन्द्रबहादुर सिंहले होटल याक एण्ड यतिलाइ क्यासिनो सञ्चालन बापत  सम्झौता  अनुरुप बुझाउँनु पर्ने ३३ करोड भन्दा बढि घर भाडा नतिरेपछि होटल मालिक राधेश्याम सरार्फले यसअघि क्यासिनोसंग गरेको सम्झौंता रद्ध गर्दै कानूनी प्रक्रिया अनुरुप क्यासिनो बन्द गराएको थियो । तर यसवीचमा पनि सञ्चालक सिंहले पूर्व राजाको ज्वाइ राजबाहादुर सिंह समेतको सक्रियतामा तत्कालीन पर्यटनमन्त्री कृपासुर शेर्पालाइ समेत प्रभावमा पार्दै होटल मालिक सरार्फलाइ फोन गराउदै क्यासिनो खोल्न सहयोग नगरे ठिक नहुने भन्दै धम्क्याउँदै मन्त्रीले पदको दुरुप्रयोग गर्न थालेपछि मन्त्रालयका कर्मचारी समेत रुष्ट बनेको खवरले व्यापक चर्चा पाएको थियो ।  त्यस्तै यसरी कानुनविपरीत सञ्चालनमा रहेको गोल्ड इन्भेष्टमेन्ट प्रालिका नामबाट स्वीकृत प्राप्त क्यासिनो रोयलका सञ्चालक सुरेन्द्रबहादुर सिंहले । क्यासिनो सञ्चाल गरेयता घटेको यि घटनाहरु प्रतिनीधी घटनाका केहि उदाहरणमात्र हुन ।

14203616_1787860394792816_1885644827_o
(सञ्चालक सिंहले यसअघि प्राधिकरणका केहि उच्चपदस्थ कर्मचारीलाइ आर्थिक प्रभावमा पार्दै अनाधिकृत रुपमा थ्रि फेजको् लाइन तानेको घर।)

एकातर्फ राज्यलाई तिर्नुपर्ने करोडौँ रूपैयाँ नतिर्दा समेत उन्मुक्ति पाउँदै आएका सञ्चालक सिंहले होटल परिसरमा क्यासिनो सञ्चालन गरेको घरभाँडा नतिर्दा होटलले सम्झौता रद्ध गर्दै क्यासिनोको विदुत लाइन बन्द गरिदिएपछि उनले राज्यको विधी विधान र विद्युत कानुनको समेत उलङघन गर्दै करिव ५० मिटर पारिबाट तथाकथित उद्योगको नाममा प्राधिकरणका केहि उच्चपदस्थ कर्मचारी लाइ आर्थिक प्रभावमा पार्दै अनाधिकृत रुपमा थ्रि फेजको् लाइन जोड्दै होटेल प्रशासनलाइ समेत ठाडो चुनौति दिदै निवार्द क्यासिनो सञ्चालन गर्दा पनि राज्यका कुनै सरोकारवाला निकायले चियाउँन समेत सकेनन । तर पछि स्थानीय र केहि जनमुखी संस्थाको तिब्र विरोध पछि तत्तकालीन उर्जा मन्त्री टोपबहादुर रायमाझिसम्म रिपोटिङग हुँदा बाध्य भएर प्राधिकरणले उक्त विधुत लाइन छुटाउँने कार्यमात्र गरे उनलाइ अनाधिकृत विद्युत चोरी गरेको अभियोगमा कुनै कारवाही गर्न सकेनन । त्यतीमा मात्र नभएर सञ्चालक 14218349_1787990771446445_1848603895_nसिंहले क्यासिनो नियमावली २०७० अनुसार क्यासिनो व्यवसाय सञ्चालन गर्नका लागि पूर्वस्वीकृतिको प्रि लाइसेन्स पाएको   २१ दिन भित्र फाइनल लाइसेन्स दिनु पर्नेमा प्रस्तुत प्रक्रिया समेत अवलम्बन नगरेको स्रोतको दावी रहेको छ । साथै उनले क्यासिनो नियमावली २०७० अनुसार क्यासिनो व्यवसाय सञ्चालन गर्नका लागि पूर्वस्वीकृति पाउँन दिएको निवेदनउपर नेपाल सरकार मन्त्रीस्तरीय ०७२ ५ १६ को निर्णयअनुसार कारवाही हुँदा निजलाइ ५ बुँदे शर्त क्रमस – १ 14273550_1787863198125869_513218641_oहोटलले आफ्नो परिसरमा क्यासिनो सञ्चालन गर्न दिएको लिखित सहमतिपत्र पेश गर्नु पर्ने । २ सञ्चालकले यसभन्दा अगाडि सञ्चालन गरेको क्यासिनोको राजस्व, वक्यौता, रोयल्टीसमेत चुक्ता गरेको हुनुपर्ने । ३ होटल परिसरमा विगतमा सञ्चालित क्यासिनोको बक्यौता राजस्व र रोयल्टी समेत चुक्ता हुनुपर्ने । ४ होटल परिसरमा यसअघि सञ्चालित क्यासिनोमा कार्यरत कर्मचारी, मजदुर लाई दिनुपर्ने तलबसुविधा चुक्ता गरेको हुनुपर्ने र शर्त न ५ मा सञ्चालकको चालचलन खुलेको प्रहरी प्रतिवेदन पेश गर्नुपर्ने भन्दै पूर्वस्वीकृति दिइएको थियो त र आजको मिति सम्म दिईएको ति शर्तहरू मध्ये शर्तन ५ बाहेक कुनै पनि सर्त क्यासिनो सञ्चालक सुरेन्द्रबहादुर सिंहले पूरा नगरेको जानकारी राज्यका सरोकोर वाला निकाय अन्र्तगत पर्यटनविभागदेखि मन्त्रालयलाई समेत जानकारी गराउँदा उक्त क्यासिनो बन्द गराउने वा चेतावनी दिने वा कुनै कानुनी कारवाही उपर मन्त्रालयले चासो नदिएको समाचार स्रोतको दावी रहेको छ ।

त्यस्तै समाचार स्रोतका अनुसार रोयल क्यासिनोले रोयल्टीवापतमात्रै झण्डै १२ करोड रूपैयाँ कर तिर्न बाँकी रहेको छ भने क्यासिनोमा कार्यरत झण्डै ७ सय कर्मचारीहरूको तलबवापत कट्टी हुने सञ्चयकोष पापट करोड रूपैयाँ सञ्चयकोषलाई तिर्न बाँकी रहेको छ । यसैगरी होटल याक एण्ड यतिलाई तिर्नु पर्ने करोडौं रूपैयाँको साथै साझेदारहरूलाई तिर्नुपर्ने रकम पनि त्यतिकै रहेको बुझिएको छ । प्रहरीमा सेटिंग मिलाउँने होस वा अदालतमा उतिकै माहिर रहेको सञ्चालक सिहंलाइ विगत देखिनै खिलबहादुर खनाल नामका एक व्यक्तिले सहयोग गर्दै आएको स्रोतले जनाएको छ ।

हो अहिले तिनै सहयोगी खनाल मार्फत रोयल क्यासिनोका सञ्चालक सिंहको लागि केहि   समय अघि चर्को दवावका कारण विद्युत अपराध अन्र्तगत काटिएको थ्रि फेजको लाइन जोड्नको लागि प्राधिकरणका कार्यकारी मुकेश काफ्ले र विभागीय प्रमुख  रमेश कुमार भटटराइलाइ अर्थिक  प्रलोभन सहित लाइन जोड्न दवाव दिदै आएको नयाँ घटनाको पप्रञ्चले क्यासिनोको परिसर तरङगीत  भएको हो । स्रोतका अनुसार सरोकारवाला विभागीमन्त्री जनार्दन शर्माले सञ्चालक सिंहले पठाएको प्रस्ताव नजर अन्दाज गर्दै कुनै सुनवाइ नगरेपछि माओवादी नेता लेखराज भटट मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल मार्फत दवाद दिने लक्ष्य अनुरुप सहयोगी खनाल मार्फत कार्यकारी प्रमुख काफ्ले र विभागी प्रमुख भटटराइ सम्म सेटिङ मिलाउँदै विधुत लाइन जोड्ने योजना सिहले बनाएको थाहा भएको छ । सञ्चालक सिंहको योजना अनुरुप रोयल क्यासिनोम विद्युत लाइन जोडिए त्यो विधि र कानुन संगत होइन आथिर्क संगत हुने दावी गर्दै समाचार स्रोतले भाद्र महिना भित्रमा लाइन जोड्ने तयारी प्राधिकरणले गरेको बताएका छन ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2016
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031