मङ्लबार, जेष्ठ १, २०८१

जामनः गुभाजुको छायांकन शुरु

काठमाडौं भाद्र २०, नेपालमण्डलका ऐतिहासिक सिद्धहस्त तान्त्रिक ‘जामनः गुभाजु’ को विषयलाई लिएर नेपालभाषामा चलचित्र निर्माण गरिने भएको छ । जेसिपेनी इन्टरटेन्मेन्ट र द वाइल्ड बुल्स प्रोडक्सनको संयुक्त लगानीमा निर्माण हुने उक्त चलचित्रको छायांकन शनिवारबाट शुरु भएको छ ।
jamanaa gubhajuचलचित्रको शुभमूहुर्त गतवर्ष नै भएको भएपनि नाकाबन्दीको कारण शुटिं ढिलो शुरु भएको निर्माता कम्पनीले जनाएको छ । यस क्रममा तान्त्रिक गुर्जुको बारेमा धेरै भन्दा धेरै जानकारी लिने कार्य पनि भएको छ ।

काठमाडौं उपत्यकाका तत्कालीन चार सिद्धहस्त तान्त्रिक गुर्जु सुरत वज्र, लिला वज्र, शाश्वत वज्र र मञ्जुवज्र निकै नाम कहलिएका तान्त्रिक गुर्जुका रुपमा लिइन्थ्यो । त्यस मध्ये मञ्जु वज्र वज्राचार्य जामनः गुभाजुका रुपमा निकै नै ख्यातिप्राप्त तान्त्रिक हुनुहन्छ । यस चलचित्रको कथा संकलक, पटकथा र संवाद सुशील राजोपाध्यायको रहेको छ । त्यसैगरी थुप्रै म्युजिक भिडियो तथा ‘वाःचाः’ नामक शर्ट मूभि निर्देशन गरिसक्नुभएका रवि सायमीले निर्देशन गर्नु हुने यस चलचित्रमा बालकृष्ण वंशीको संगीत, गौतम दास मानन्धर, रत्नशोभा महर्जन, सतिश महर्जन र सरिता शाहीको स्वर रहेको छ भने चलचित्रको छायांकन भवानी शिलाकारले गर्नु हुनेछ । नासः डान्स ड्रेस सेन्टर र नाट्यश्वरी ड्रेस सेन्टरले भेषभूषाको व्यवस्थापन गर्नु भएको छ ।   चलचित्रमा शुशील राजोपाध्याय, उदेन न्हूसाय्मि, सरस्वति मानन्धर, सुलोचना मानन्धर, अन्नपूर्णेश्वरी श्रेष्ठ, संयुक्त स्थापित, पूर्णकाजी ज्यापु आदि कलाकारहरुको प्रमुख भूमिका रहेको छ ।  नेपालमा नै पहिलो पटक नयाँ व उच्च प्रविधिको ‘फोर के’ क्यामराद्वारा चलचित्रको छायांकन हुन लागेको निर्देशक सायमीले बताउनु भयो