बिहिबार, बैशाख २०, २०८१

यस्तो थियो जगत सुन्दर दबू कार्यक्रम

काठमाडौं भाद्र २०,  लहना मिडिया र नेपालभाषा माध्यममा पढाइने नेपालकै पहिलो बिद्यालय जगत सुन्दर ब्वनेकुथिको संयुक्त आयोजनामा जनकवि दुर्गालाल Anup_20160903_15Anup_20160903_14 Anup_20160903_16 Anup_20160903_18 Anup_20160903_19 Anup_20160903_24 Anup_20160903_22 Anup_20160903_21 Anup_20160903_20 Anup_20160903_25 Anup_20160903_26 Anup_20160903_27 Anup_20160903_28श्रेष्ठको सम्मान गर्न जगत सुन्दर दबू कार्यक्रमको आयोजना गरिएको छ ।  जनकवि दुर्गालाल श्रेष्ठको रचना रहेका एकल गीतमा जगत सुन्दरका बिद्यार्थीहरुको प्रतिभा प्रदर्शनसहित उनको सम्मान गरिएको उक्त कार्यक्रम शुक्रवार ललितपुरस्थित अशोक पार्टी पालेसमा सम्पन्न भएको थियो । कार्यक्रममा बिद्यार्थीहरुले नृत्य प्रस्तुति गर्नुकासाथै प्रख्यात हास्य कलाकार मदनकृष्ण श्रेष्ठ लगायत चर्चित गायकहरु योगेश बैद्य, भृगुराम श्रेष्ठ, निशा देशार, संगीता शाक्य, सानुबाबु महर्जनले जनकवि दुर्गालाल श्रेष्ठका गीतहरु प्रस्तुत गरिएको थियो।

“ नेपालभाषको गौरवलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न योगदान गर्दै आएको जगत सुन्दर ब्वनेकुथिसँगको संयुक्त आयोजनामा यस कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाउनकालागि चर्चित गायकहरुको भेला गर्दै मातृभाषाको जागरणमा थप टेवा दिनु कार्यक्रमको उद्धेश्यले प्रस्तुत कार्यक्रमको आयोजना गरिएको लहना मिडिले जनाएको छ । त्यस्तै कार्यक्रममा जनकवि दुवर्गाल श्रेष्ठको नेवारी परम्परा अनुसार दोश्रो जंकु चन्द्ररथारोहण पनि हालै सम्पन्न भएको संयोग जुरेको हुनाले पनि यो कार्यक्रमको महत्व बेग्लै रहेको प्राप्त समाचारमा जनाईएको छ ।