मङ्लबार, जेष्ठ १, २०८१

आमरण अनसनको पाँचौदिन, सरकारको विरोधमा कार्यवाहक प्रम निधिको पुतला दहन

 काठमाडौ आश्विन १ , जनकपुर–भिट्ठामोड सडक निर्माणको कार्य यथाशिघ्र प्रारम्भगरी सडक ६ लेनको बनाउने पत्यारिलो सम्झौत गर्नुपर्ने लगायतका पाँचबुदे माग राखेर भाद्र २० गतेदेखि आन्दोलन गर्दै आएका महोत्तरी–धनुषा संयुक्त संघर्ष समितिले भाद्र २८ गते दिउँसो ११ बजेबाट आमरण अनसन गरेको पाँचदिन बितिसक्दा पनि सरकार तर्फबाट कुनै पहल हुन सकेको छैन । अनसनकारीको स्वास्थ स्थिति दिनानुदिन नाजुक बन्दै गएको छ । जलेश्वर अस्पतालका चिकित्सक डा.अली राइनका अनुसार अनसनकारीहरुमा डिहाइड्रसनको खतरा बढनुको साथैअकवर पल्स रेट तथा ब्लडप्रेशरमा राम्ररी कमजोरीका लक्षण देखिन थालेको छ ।
नेपाल सरकारले आमरण अनसनको पाँचौदिन वितिसक्दापनि कुनै पहल नथालेको विरुद्धमा महोत्तरीको पिपरामा नागरिक समाजले देशका कार्यवाहक प्रधानमन्त्री समेत रहनु भएका उप प्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको पुत्ला जलाएका छन् ।

लोकतन्त्रमा शान्तिपूर्वक माग राख्दै गरिएको आमरण अनसनलाई पाँचौ बितिसक्दा पनि सरकार मौन बस्नु लोकतन्त्रिक सरकारद्वारा लोकतन्त्रको मानमर्दन गर्नु हो भन्ने विचार सेवा निवृत शिक्षक श्रीकान्त झा राख्नु हुन्छ । यी पाँच बुँदेमाग राख्दै चार जना महोत्तरीको पिपरामा भाद्र २८ गतेबाट आमरण अनसनमा बस्दै आएका हुन।
कि माग पुरा हुन्छ कि लाश उठ्छ भन्दै आमरण अनसनमा बस्नेहरुमा राम कुमार शर्मा अध्यक्ष, वृहत्तर जनकपुर क्षेत्र विकास परिषद तथा संयोजक,महोत्तरी–धनुषा संयुक्त संघर्ष समिति सत्येन्द्र यादव युवा नेता, नेकपा माओवादी केन्द्र ३। रमण कुमार ठाकुर‘ आर।के।रौशन’९युवा नेता, तमलोपा० ४। रञ्जितराज मधेशी९स्वतन्त्र मधेश गठबन्धन० हुनुहुन्छ ।