शुक्रबार, जेष्ठ ४, २०८१

दशैंकै मुखमा बाँकेमा हत्याको श्रृखंला

काठमाडौं आश्विन २२ , सुरक्षाको दृष्टिकोणले संवेदनशिल मानिने बाँके जिल्लामा चाडपर्व नजिकिंदै जाँदा २ जनाको हत्या भएको छ भने नौवस्ता–७ सुतैंयामा एकको हत्या गरी माटोमा गाडिएको अवस्थामा फेला परेको छ । कम्दी गाउँमा एक महिलाको हत्या गरेर फालिएको अवस्थामा शवं फेला परेको घटनाका विषयमा नेपाल तरुण दल नेपालगन्ज नगर कमिटिले घोर भत्र्सना गर्दै मृतकका परिवार जनहरुलाई शनिबार भेट गरेको छ । नगर सभापति सन्दिपजगं शाह नेतृत्वको टोलिले प्रहरीसँग दोषि पत्ता लगाई कारवाही गर्न माग गरेकाछन् ।
मृतक शान्ति बुढाको शनिबार दाह संस्कार भएकोछ । दाह संस्कार स्थलमा पुगेका नेपाल तरुण दल नेपालगन्ज नगर कमिटिले पीडितहरुलाई न्याय दिलाउन आँफुहरुले पहल गर्ने प्रतिबद्धता जनाएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

banke_districtकम्दी ६ मलैपुरमा रहेको अरहर बारीमा महिलाको हत्या गरिएको अवस्थामा केही दिन अघि लास फेला परेको थियो । हत्या गरिएकी महिला कम्दी ९ छग्रहवाकी शान्ति बुढा रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी टेकप्रसाद राईले जानकारी दिनुभयो । महिला औषधी किन्न भनेर घरबाट निस्किएको परिवारले जनाएको छ । महिलालाई बारीभित्र नाङगो अवस्थामा हत्या गरेर फालिएको पाइएपछि प्रहरीले बलात्कार गरेर हत्या गरेको आशंका गरेको छ । एसपी राइले बलात्कार गरेको हो की होइन भनेर मेडिकल रिपोर्ट आएपछि मात्र थाहा हुने बताएकाछन् । सुरुवालले घाटी र खुटा बाधेर हत्या गरिएको जस्तो देखिने प्रहरीले जनाएको छ । हत्या संग्लन भएको आशंकामा ३ जनालाई पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ । शान्तिका २ छोरीहरु रहेका छन् । शव फेला परेको स्थान २ सय मिटर वरपर कुनै वस्ती छैन । गाउँलेहरुले बिहान १० बजेतिर अरहर बारीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको भन्दै एसपी राईले छिटै नै हत्याराहरु पक्राउ पर्ने जानकारी दिनुभयो ।

बाँकेको नौवस्ता–७ सुतैंयामा एक जनालाई हत्या गरी माटोमा गाडिएको अवस्थामा फेला परेको छ । त्यसैगरी असोज १७ सुतैंयाकै गाउँमा भएको एउटा विवाह पार्टीमा सामान्य झगडाले नौवस्ता–७ का १७ वर्षिय सुभाष शाहीलाई छातिमा धारिलो हतियार प्रयोग गरी हत्या गरेर माटोमा गाडेको अवस्थामा प्रहरीले फेला पारेको हो । घटनामा संलग्न नौवस्ताकै दिनेश महत र नन्द बहादुर पुन फरार रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी सुरेश प्रसाद काफ्लेले जानकारी दिनुभयो । सामान्य झगडाको विषयमा हत्या गरिएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको डिएसपी काफ्ले बताउनुभयो । घटनामा संलग्न भएको भन्दै अरु १५ जनालाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

शवका तस्विरहरु विभत्स भएकाले अपलोड नगरिएको जानकारी गराइन्छ । (स)

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2016
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930