सोमवार, बैशाख १७, २०८१

३ दिन ४रात सम्म मनाइने निलबाराही नाचको यस्तो छ विशेषता

 काठमाडौं  भाद्र ८,  मध्यपुरठिमीको बोडे श्रेत्रमा प्रत्येक वर्षको भाद्र द्धितिया देखि पञ्चमीसम्म यसपटक पनि निलबाराही नाच नचाईएको छ । गाईजात्राको पर्सिपल्टबाट सुरु भइ तीनदिन चाररात सम्म मनाइने निलबाराही जात्रामा Anup_20160823_1 Anup_20160823_2 Anup_20160823_3 Anup_20160823_4 Anup_20160823_6 Anup_20160823_9 Anup_20160823_10 Anup_20160823_12 Anup_20160823_14 Anup_20160823_15 Anup_20160823_16 Anup_20160823_19 Anup_20160823_20 Anup_20160823_22 Anup_20160823_23नचाइने नाचमा भैरव १, बाराही ४, कुमारी ४, सिंह ४, द्वारपाल २ र गणेश ४ जना गरि १९ जना देवताको नाच देखाइने गरिन्छ ।

वोडे क्षेत्रको जिव्रो छेड्ने जात्रा पछिको ठूलो नाचको रूपमा स्वीकार गरिएको निलबाराही जात्रामा १९ जना देवता र देवगण समेतलाइ मूलघरबाट निकालेपछि विभिन्न टोलटोलमा रहेका देवालयको परिक्रमा सहित नचाउँने गरिन्छ । यसवीचमा अर्थात नाच मूलघरमा नभित्र्याएसम्म नाच्ने देवगणले केही पनि खान नहुने, कसैसँग पनि बोल्न नहुने र कहीँ पनि बस्न नहुने त्यस्तै भुइँमा बस्न, छाता ओढ्न, दिसापिसाब गर्न नहुने मान्यता रही आएको छ ।