बिहिबार, बैशाख २७, २०८१

आज ललितपुरमा उपाकलं सायाःनृसिंह मनाइयो (फोटो फिचर )

काठमाडौ भाद्र ७,  ललितपुरको उपाकर्म गुठिको आयोजनामा राजोपाध्याय ब्राम्हणहरुद्वारा वर्षेनी भाद्र कृष्ण पञ्चमिको दिन मनाउँदै आएको ‘उपाकलं सायाःनृसिंह जात्रा’ आज मनाईएको छ ।  सांस्कृतिक, धार्मिक एवम् पर्यटकीय दृष्टिकोणले Anup_20160823_12Anup_20160823_15Anup_20160823_7 Anup_20160823_8 Anup_20160823_5 Anup_20160823_4 Anup_20160823_3_1 Anup_20160823_2 Anup_20160823_11 Anup_20160823_9समेत महत्वपूर्ण प्रस्तुत जात्रामा जात्राको मुख्य आकर्षण अन्र्तगत बाजागाजा र भजनटोलीसहित अगाडि बढ्ने र जात्रामा मधुकैटवको प्रतीक पुतला घिसार्दै ललितपुर सहर परिक्रमा गराइनुको अलावा नृसिँहतिर फर्की हातमा धुप लिएर प्रणाम गर्दै प्रल्हाद उल्टो पाइला चाल्दै नगर परिक्रमा गर्ने दृष्य आफैमा मनोरम रहेको छ ।

नेपाली जनताले प्राकृतिक प्रकोपबाट धेरैले दुःख पाइरहेको समयमा प्राकृतिक प्रकोपबाट समेत शान्तिको कामना एवम् रोगव्याधी हटाउन नृसिंह जात्रा मनाइने उपाकलं सायाःनृसिंह जात्रा’ बङ्गलामुखीस्थित बाट सुरु भएको जात्रा मङ्गलबजार, सौगल, सुन्धारा, महाबौद्ध, थपाहिटी, टङ्गल, तिछु, इखालखु, पूर्णचण्डी, गाबाहाल, पिम्बहाल, अशोक हल, नकबहिल, क्वालखु, गोल्डेन मन्दिर, कुम्भेश्वर, कोबहाल हुँदै स्वथमा पुगेर जात्रा सम्पन्न भएको थियो ।