आइतवार, बैशाख १६, २०८१

सुरक्षा संवेदनशीलताको लागि भन्दै अख्तियार आसपासका क्षेत्रमा निषेधाज्ञा जारी

  काठमाडौ श्रावण २८, काठमाडौ जिल्ला प्रशासन कार्यालयले सुरक्षाको अवस्थालाइ दृष्टिगत गर्दै आज बसेको जिल्ला सुरक्षा समितिको सिफारिस तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) बमोजिम अनुरुप अर्को आदेश नभएसम्मका लागि भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टङ्गाल रहेको आसपासका क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।

काठमाडौ जिल्ला प्रशासन कार्यालयले द्दारा आज जारी सूचनामा आजबाट लागु हुनेगरी निषेधित क्षेत्र तोक्ने आदेश प्रजिअ रामकृष्ण सुवेदीले दिएको सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईले जारी गर्नुभएको सूचनामा उल्लेख गरिएको छ ।  पूर्वमा विशालनगर र हाँडीगाउँ, पश्चिममा गैरीधारा चोक, उत्तरमा गणेश मन्दिर र दक्षिणमा दूरसञ्चार नक्सालदेखि बालमन्दिर जाने चोकसम्म निषेधित क्षेत्र तोकिएको जिप्रकाले जनाउँद उल्लेखित सूचनाको वर्खिलाप हुनेगरी कसैले कार्य गरेमा कानुनबमोजिम कारबाही हुने सूचनामा उल्लेख गरिएको छ ।