आइतवार, बैशाख १६, २०८१

मेलबोर्नमा हुने अपाङगता महासम्मेलनमा SSDRC ले नेपालको प्रतिनिधित्व गर्दै

काठमाडौं श्रावण २८,  बिशेष स्कुल तथा पुनर्स्थापना केन्द्र (SSDRC )  का सञ्चालिका सबिता उप्रेती, अटिजम बालक 13932910_1675912399398996_5335139159765912217_nआदेश राज काफ्ले किशोरि अलिशा ,एड नेपालको डा. शिकशिता श्रेष्ठ अगष्ट ४ देखी २० सम्म अष्टेलियाको मेलबोर्नमा हुने अन्तराष्टिय सम्मेलनमा भाग लिन अष्टेलिया प्रस्थान  जाने भएकीछिन ।   सम्मेलनमा बिभिन्न देशका अपागताको क्षेत्रमा काम गर्ने संघ संस्था र अपागता भएका ब्यक्तिको सहभागिता रहनुको अलावा यस क्षेत्रका लागि प्रभावकारि कार्यपत्र समेत प्रस्तुत हुँने बताईएको छ ।

त्यस्तै यस पटकको प्रस्तुत सम्मेलनमा बिशेष स्कुल तथा पुनर्स्थापना केन्द्र को तर्फबाट नेपालकै प्रतिनिधित्व गर्दै अटिजमबाट पिडित बालक आदेश राज काफ्लेले आफ्नो विशेष  प्रस्तुति दिने तयारी रहेको पुनर्स्थापना केन्द्रले जनाएको छ । पुनर्स्थापना केन्द्रका सञ्चालिका उप्रेतीले अटिजम बालबालिका यो सम्मेलन सम्म पुग्नु  गर्वको कुरा भएको जनाउ दिदै   अटिजम सम्वन्धी जनचेतनाको अभाव र अर्को तर्फ अटिजम बालबालिकालाई ह्यान्डिल गरी पढाउनु, सिकाउनु फलामको चिउरा चपाउनु झै हो भन्दै उनले राज्यले पनि यो क्षेत्रमा आँखा पुर्याउन नसकेकोमा चिन्ता समेत व्यक्त गरेकी छिन ।
के हो अटिजम ? 
अटिजम रोग होईन,बौदिक अपागता पनि होइन र मनोसामाजिक समस्या पनि होइन । एक मष्टिष्कको  बिशेष अवस्था हो। विश्वभरी विभिन्न देशमा अटिजमको कारण र उपचारको अनुसन्धान ब्यापक रुपमा भैरहेको छ तर कारण र निर्मुल गर्ने उपाय अझै टुङ्गो लागेको छैन। अटिजम जन्मजात हुने, नशा र तन्तुको विकासको क्रममा आएको असामानताको एउटा रुप हो। जसलाई  “Neuro development ” भनिन्छ । अटिजम भएका ब्यक्तिलाई संञ्चारको बिचलन , सामाजीक रुपमा घुलमिल हुन र व्यवहार गर्नमा कठिनाई हुने र कल्पना शक्तिको लचकता कम हुने जस्ता कठिनाई हुँनुनै  अटिजम हो

के भन्छन अभिभावक ?
आफ्नु छोरा छोरी को यस्तो प्रगती देखेर आदेश र अलिशाको अभिभावकहरु हर्षित हुनुको साथै नसोचेको सपना पुरा भएको बताउछन । । आदेश र अलिशा ५ बर्ष देखी SSDRC मा अध्ययनरत छन । SSDRC मा आउनु अगाडि आदेश घर भित्रै बस्थे उनको समस्या प्रति  उनका आमाबाबु साह्रै दुखी थिए । धेरै डाक्टरलाई देखाउदा पनि उनको सहि पहिचान नभएको र डा कबिराज खनालले अटिजम भएको भनेर डाइग्नोसिस गरेपछी स्कुलको लागि भौतारिदा कुनै अटिजम स्कुल नभेटकोले छोरालाई घरभित्र नै राख्नु परेको दुखेशो सुनाउछन बाबु दिपक राज काफ्ले । अनी केही बर्षमा SSDRC मा सबिता उप्रेती लाई भेटे पछी आफुले भगवान भेटेको अनुभुत भएको कुरा ब्यक्त्त गर्छन् ।

यो संस्थाले अटिजम बालबालिकाहरुलाई मात्र नयाँ जीवन दिएको छैन, हामी स-परिवारको उदार हुनुको साथै तनाव मुक्त्त भएर दिमागको अप्रेशन समेत भएको कुरा बताए । आमा उर्मिला काफ्ले भन्छिन , सुरुमा आदेशमा हात हलाइरहन्थे ,दोहोरो कुराकानी गर्न सक्दैनथे। आँखामा आँखा जुधाउन सक्दैनथे । मोबाईल देख्यो कि खोशिहाल्थे, त्यसैले उनीलाई देख्ने  छरछिमेक र आफन्त उनिबाट भाग्थे, बाबुको चिन्ता त छदै थियो त्यस माथि सामाजको यस्तो व्यबहारले  साह्रै पिडा हुन्थ्यो । जीवनमा सबै सकियो झै लाग्थो । यो स्कुल र सबिता उप्रेती भेट्नु हाम्रो ठुलो भाग्य हो । स्कुल राखेको छोटो समयमानै बाबुमा धेरै सुधार आएर अहिले अन्तराष्टिय सम्मेलन सम्म  k’]sf]df   खुशी प्रकट गरकी छिन ।   आदेश अहिले SSDRC मा कक्षा छ मा पढदै छन।

 त्यस्तै अलिशाको आमा सारदा ओली पनि आफ्नु छोरीको सफलतामा दङ छिन । छोरीको उपचार र स्कुलको लागि म कहाँ कहाँ पुगिन तर सबै ठाउबाट निरास नै भए नानुको भबिष्यमाको   चिन्त्ता थियो । सामान्य स्कुलमा त ७ कक्षा सम्म नै पनि राखियो । आफु पनि नर्श भएकोले नानीको समस्या स्विकारिएपनि   पिडा त थियो नै । जब SSDRC पाए ढुङ्गा खोज्दा देवता भेटे झै भयो । सबिता म्यामको हाम्रो बच्चा प्रतिको लगाव,त्याग र मिहनेतले अहिले अलिशा साटेर ल्याएको जस्तो भाकी छन । यस्तो राम्रो देशामा जानु सामान्य ब्यक्त्तिको त सपना बनिरहेको बेला हाम्रो बिशेष बालाबालिका त्यहाँ पुगेर सम्मेलनमा सहभागि हुनपाउनु भनेको यो मेरो सपना भन्दा बाहिरको कुरो हो जस्ले साह्रै खुशी बनाएको छ । यस्को श्रेय सबिता उप्रेती लाई दिन चाहछु भन्दै दुवै अभिभावकले हर्षको   आशु खसाल्नु भयो ।अलिशा अहिले SSDRC मा सिपमुलक तालिम बाट आत्मनिर्भर हुने क्रममा छिन । यही बर्षबाट उनी संस्था मा नै शिक्षक सहयोगि को रुपमा काम गरिरहेकी छन । ।