सोमवार, बैशाख २४, २०८१

सहिदको सपना पूरा गर्न सामाजिक रुपान्तरणसंगै आर्थिक क्रान्ति गर्नुको विकल्प छैन : डा भट्टराई

काठमाडौ भाद्र २ , सहिद बेपत्ता परिवार घाइते अपाङ्ग संरक्षण मञ्चद्दारा रामवृक्ष यादवको २२औँ स्मृति दिवसको अवसरमा आज राजधानीमा आयोजित कार्यक्रमलाइ सम्बोधन गर्दै नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले सहिदको सपना पूरा गर्न देशमा आर्थिक तथा सामाजिक रुपान्तरण14030906_1757793557835903_1172628763_nसंगै आर्थिक क्रान्ति गर्नुको विकल्प नभएको बताउँनु भएको छ ।

त्यस्तै उहाँले मुलुकलाई समृद्धिका लागि आफ्नो जीवन समपर्ण सहिद तथा घाइते र बेपत्ता परिवारलाई राजनीतिभन्दा माथि राखेर नितिगत न्याय दिलाउँनु आवश्यक रहेको बताउँदै मुलुकमा विगतमा जस्तै सत्ता लिप्साको खेल सुरु हुनुले मुलुक कदापि हित नगर्ने बताउँनु भएको छ ।
त्यस्तै पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका संयोजक डा भट्टराईले रामवृक्ष यादवको व्यक्तित्वमाथि प्रकाश पार्दै उहाँको निष्ठावान् र आदर्शवादी राजनीतीको चर्चा गर्नु भएको थियो । कार्यक्रममा पार्टीका सहसंयोजक रामचन्द्र झाले सरल, सहयोगी स्वभावका यादवमा उच्चस्तरको राजनीतिक संस्कार रहेको बताउनुभएको थियो ।