सोमवार, बैशाख २४, २०८१

सरकारको प्रवक्तामा सञ्चारमन्त्री कार्की

काठमाडौ भाद्र २, सरकारको प्रवक्तामा सूचना तथा सञ्चारमन्त्री राम कार्की चयन हुनुभएको छ । Captureसूचना तथा सञ्चारमन्त्री सरकारको प्रवक्ता तोकिने परम्परा रही आएको छ ।
प्रवक्ताको कार्यभार सम्हालेपछि पहिलो पटक उहाँले आजै बसेको मन्त्रिपरिषद्का निर्णयका बारेमा सञ्चारकर्मीलाई जानकारी गराउनुभएको थियो । नवनियुक्त प्रवक्ता कार्कीले श्रावण ३० गते सूचना तथा सञ्चारमन्त्रालयको कार्यभार सम्हाल्नुभएको थियो ।